Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छःसुनिता डंगोल


आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छः कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ।काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आदिवासी जनजातिको मौलिक ज्ञान, सीप र पहिचानलाई आधुनिक विकासको मोडलका रूपमा अगाडि बढाउनुपर्ने बताएकी छिन् ।

३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आईतवार काठमाडौंमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले आदिवासी दिवसले समाजमा न्याय, समता र समावेशिता सुनिश्चित गर्दै अधिकार प्राप्तिको आन्दोलनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेकी छिन् । उनले आदिवासी जनजाति र उनीहरूको ज्ञानलाई केवल इतिहास वा सङ्ग्रहालयको विषय मात्र नबनाई समुदाय विकासको जीवित आधार बनाउनुपर्ने बताइन् । पहिचान र भाषाको सम्बन्धबारे चर्चा गर्दै उनले नेपालका ९० प्रतिशतभन्दा बढी भाषाहरू आदिवासी जनजाति समुदायकै रहेको उल्लेख गरिन् । ‘भाषा बाँचे मात्र जाति र पहिचान बाँच्छ’ भन्ने मान्यतालाई स्मरण गर्दै उहाँले नयाँ पुस्तामा मातृभाषा हस्तान्तरण गर्नुपर्ने चुनौती र दायित्वबारे सचेत गराएकी छिन् ।

उनले भनिन्, ‘आदिवासी जनजातिको परम्परागत ज्ञान शहर निर्माण, सिँचाइ, संस्कृति संरक्षण र जलवायु परिवर्तन जस्ता क्षेत्रमा अत्यन्तै उपयोगी छ । हाम्रा पूर्खाहरूले हामीलाई जमिन मात्र होइन, एउटा वैज्ञानिक जीवन पद्धति पनि सिकाएका छन् । हाम्रा चाडपर्व, खानपान र संस्कारहरू वैज्ञानिक तथ्यमा आधारित छन्, जसको उजागर र संरक्षण गर्नु अहिलेको आवश्यकता हो । आफ्नो लवज (टोन) र पहिचानमा हीनताबोध होइन, गर्व गर्नुपर्छ । हामीले आफ्ना छोराछोरी र नातिनातिनासँग घरमा मातृभाषा बोल्ने र संस्कार सिकाउने अभ्यासलाई तिब्रता दिनुपर्छ ।’

आधुनिकताका नाममा मातृभाषा बोल्न हिचकिचाउने प्रवृत्तिको आलोचना गरेकी छिन् । कार्यवाहक प्रमुख डंगोलले अधिकारका कुरा गरिरहँदा आफ्नो संस्कृति र भाषाको पुस्तान्तरण गर्ने कर्तव्यलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छिन् ।


प्रकाशित मिति: २४ श्रावण २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?