Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी


काठमाडौँ। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले वैकल्पिक व्यवस्थापनको माग गर्दै मंगलवार पनि आन्दोलन जारी राखेका छन् । सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिवास लगाएको तथा होल्डिङ सेन्टरबाट समेत लखेट्ने काम गरेको भन्दै उनीहरुले मंगलवार पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिरहेका हुन् । सरकारले वास्तविक सुकुम्बासीको पहिचान नगरिकन हुकुम्बासी र सुकुम्बासी सबैलाई एउटै डालोमा हाल्ने काम गरेको उनीहरुको गुनासो छ । सरकारले आफूहरुको वैकल्पिक व्यवस्थापन तथा जग्गाको स्वामित्वको सुनिश्चितता नगरेसम आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी छ । सरकारले गत वैशाख १२ र १३ गते काठमाडौैं उपत्यकाका विभिन्न खोला तथा नदी किनारमा रहेका सुकुम्बासी बस्तीमाथि डोजर चलाएको थियो । १५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने भनेपनि सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको उचित व्यवस्थापन गर्न सकेको छैन । सत्तारुढ दल रास्वपाको चुनावी वाचाविपरित देशका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लखेट्ने कार्य भएको भन्दै आन्दोलन भइरहेको छ ।

काठमाडौँ। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले वैकल्पिक व्यवस्थापनको माग गर्दै मंगलवार पनि आन्दोलन जारी राखेका छन् ।

सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिवास लगाएको तथा होल्डिङ सेन्टरबाट समेत लखेट्ने काम गरेको भन्दै उनीहरुले मंगलवार पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिरहेका हुन् । सरकारले वास्तविक सुकुम्बासीको पहिचान नगरिकन हुकुम्बासी र सुकुम्बासी सबैलाई एउटै डालोमा हाल्ने काम गरेको उनीहरुको गुनासो छ । सरकारले आफूहरुको वैकल्पिक व्यवस्थापन तथा जग्गाको स्वामित्वको सुनिश्चितता नगरेसम आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी छ ।

सरकारले गत वैशाख १२ र १३ गते काठमाडौैं उपत्यकाका विभिन्न खोला तथा नदी किनारमा रहेका सुकुम्बासी बस्तीमाथि डोजर चलाएको थियो । १५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने भनेपनि सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको उचित व्यवस्थापन गर्न सकेको छैन । सत्तारुढ दल रास्वपाको चुनावी वाचाविपरित देशका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लखेट्ने कार्य भएको भन्दै आन्दोलन भइरहेको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?