Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

३४ सुकुम्बासी परिवारले पाए जग्गा -लालपुर्जा पाएपछि भए खुसीले गद्गद्


३४ सुकुम्बासी परिवारले पाए जग्गा -लालपुर्जा पाएपछि भए खुसीले गद्गद्

चितवन। चितवनको इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।

जिल्ला भूमि समस्या समाधान समिति, चितवनले एक कार्यक्रमका बीच ती परिवारलाई जग्गाको स्वामित्व हस्तान्तरण गरेको हो । लामो समयदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको कानूनी स्वामित्व प्राप्त गर्न नसकेका स्थानीय बासिन्दाहरू लालपुर्जा पाएसँगै आधिकारिक रूपमा जग्गाधनी बनेका छन् । वर्षौंदेखिको प्रतीक्षापछि जग्गाको स्वामित्व पाएपछि स्थानीय लाभग्राहीहरू उत्साहित देखिएका छन् ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण प्रक्रियालाई तिब्रता दिएको छ । सोही अभियानअन्तर्गत इच्छाकामनामा पहिचान भएका वास्तविक भूमिहीनहरूलाई पुर्जा वितरण गरिएको समितिले जनाएको छ ।


प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?