२० भदौ, काठमाडाैँ । पछिल्लो समय नेपाली चलचित्र विश्वका प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । ठूलो लगानी र मौलिक कथालाई छनोट गरिने ती महोत्सवमार्फत नेपाली चलचित्र निर्माणमासमेत बजेट सहयोग भएको छ । टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा पहिलो प्रदर्शनी गर्ने तयारीमा रहेको चलचित्र ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको प्रसिद्ध
१९ भदौ, काठमाडाैँ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार राम्रो भइरहेको छ । विशेषत अमेरिका, अष्ट्रेलिया, जापानमा नेपाली चलचित्रले राम्रो व्यापार गर्ने गरेका छन् । आफू निर्देशित पहिलो चलचित्रको ‘रेड कार्पेट’ प्रदर्शनी (प्रिमियर) बेलायतमा गरेका निर्देशक मिलन चाम्सले आउँदो समय राम्रो रहेको बताए । गोर्खालीको वीरताको गाथा प्रस्तुत गरिएको चलचित्र ‘गोर्खा
१६ भदाै, काठमाडाै । अभिनेत्री निरूता सिंहले विवाह गरेकी छिन् । उनले शनिबार सामाजिक सञ्जालमा लेख्दै मुम्बईका सञ्जीव गुलाटीसँग विवाह गरेको जानकारी दिएकी छन् । उनले दक्षिणा, आफन्तजस्ता दर्जनौँ हिट फिल्म नेपाली फिल्म इण्डस्ट्रीका लागि दिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको उल्लेख गरेकी छिन् ।
१६ भदाै, काठमाडाैँ । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं-कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन नेपाल आएकी भारतीय अभिनेत्री तथा लेखिका दिव्या दत्ताले आफ्नो चलचित्र यात्राबारे चर्चा गरिन्। बलिउडमा तीन दशक बिताइसकेकी अभिनेत्री दत्ताले नेपाली चलचित्र ‘वसन्ती’ र ‘माया नमार’ मा काम गरेकी छन्। लेखक सुमित शर्मासँगको ‘दिव्या दत्ताको चलचित्र यात्रा’ सत्रमा
काठमाडौं : गायक मिलन परियारको स्वरमा रहेको कवाली शैलीको गीत 'जमाना छ मोबाइलको' सार्वजनिक भएको छ। प्रेम रामदामको शब्द, संगीतमा रहेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्। तीव्र गतिमा प्रविधिको विकास भएसँगै मोबाइल फोनका प्रयोगकर्ताहरू बढेका छन् । सञ्चारले एकातिर सुविधा थपेको छ भने अर्कोतिर विकृति बढाएको छ । विभिन्न
१५ भदाै, काठमाडाैँ । बरिष्ठ लोक गायक, सङ्गीतकार, चलचित्र निर्देशक र बहुआयायिमक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १ बजे सुरु हुने ‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’मा रायमाझीका सबै शैलीका सदाबहार लोकप्रिय गीत सङ्गीतको प्रस्तुती रहने छ । उहाँसँगै सहकार्य गरेका
१२ भदौ, काठमाडाैँ । सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक भएको छ । योगीले शब्द संयोजना गरेको यो गीतमा लोकप्रिय गायिका अन्नु चौधरीको स्वर भरेकी छन् । गीतमा संगीत संयोजन पुस्कर सुनुवारको छ । गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी, करिष्मा ढकाल र कृष्णाकुमारी महतले
१२ भदाै, काठमाडाैँ । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिताका लागि नेपालस्थित छनोट समितिले आह्वान गरेको छ । सन् २०२४ मा अमेरिकास्थित लस एन्जल्समा हुने भनिएको सो अवार्डका लागि नेपालस्थित समितिमा यही भदौ २९ सम्म दर्ता भइसक्नुपर्ने समिति सदस्य
११ भदाै, काठमाडौं । गाईजात्राको अवसर पारेर अष्ट्रेलियाको सिड्नीमा 'नेपग्याजम कमेडी नाईट' आयोजन हुने भएको छ । आगामी सेप्टेम्बर ३ मा सिड्नीको अबर्नस्थित सफायर फङ्सन सेन्टरमा थ्री बिज इन्टरटेन्मेन्टले नेपग्याजम कमेडी नाईट आयोजना गर्न लागेको हो । कार्यक्रममा कमेडियन लेखमणी त्रिताल (रमेश अंकलको छोरो), उमेशकुमार गौतम (युकेजी), रुपक बुढाथोकी, रोहन सिलवाल,
१० भदाै, काठमाडाैँ । दुई नेपाली चलचित्र ‘जय हो’ र ‘महानगर’ प्रदर्शनरत छन् । फरक विधाका दुई चलचित्रले दर्शकको साथ पाउनेमा निर्माण पक्ष विश्वस्त छ । टेक पौरखी राईले निर्देशन गरेको ‘जय हो’ मा केकी अधिकारी, सलोन बस्नेत, निशा अधिकारी, अर्पण थापा, माओत्से गुरुङ, सुशान्त श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् ।