Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

कुमार प्रयास र विनोद राई ‘भ्वाइस अफ नेपाल’को फाइनलमा


काठमाडौं। कुमार प्रयास राई र विनोद राई ‘भ्वाइस अफ नेपाल’को जारी सिजनको फाइनलमा प्रवेश गरेका छन् । पछिल्लो सप्ताहन्तको एपिसोडबाट उनीहरु फाइनलिस्ट बनेका हुन् ।

त्यस्तै, आगामी साता टिम राजेशपायल राईबाट मोनिका राई र मक्कर योञ्जन, टिम प्रमोद खरेलबाट तेन्जिङ डोल्मा गुरुङ र नोगेन लिम्बूमध्ये एकजना फाइनलिस्ट बन्नेछन् भने आगामी सप्ताहन्तका एपिसोडका लागि यी चारजनालाई भोट गर्न सकिनेछ ।

सो टिम उदय सोताङबाट विवेक बस्नेत र टिम मिलन नेवारबाट ट्रिजा प्रधान बाहिरिएसँगै यी दुईलाई अन्तिम चारमा प्रवेश गर्ने बाटो खुलेको हो भने फाइनलमा एक कोचको समूहबाट एकजनाले प्रतिस्पर्धा गर्नेछन् ।

आगामी साताको सेमिफाइनल प्रतिस्पर्धा रोचक हुने अनुमान छ भने त्यसपछि फाइनलमा चारजनाले प्रतिस्पर्धा गर्नेछन् । यसैबीच, आउँदो सातादेखि भ्वाइस किड्सको पनि अडिसन आह्वान गर्ने तयारी रहेको छ ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?