Trending
>>   सत्ता पाए आरजु देउवा र केपी ओलीलाई पहिला जेल हाल्छु : दुर्गा प्रसाईं >>   रोजगारीको प्रलोभनमा अनलाइन दासत्व: दक्षिण–पूर्वी एशियामा सयौँ नेपाली स्क्यामिङको फन्दामा >>   आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक >>   ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याए >>   निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   देश–मधेस विभाजनको राजनीति अन्त्य, विभेदको अन्त्य र सुशासन रास्वपाको मुख्य एजेण्डा : रवि लामिछाने >>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही
Logo
१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार

कुमार प्रयास र विनोद राई ‘भ्वाइस अफ नेपाल’को फाइनलमा


काठमाडौं। कुमार प्रयास राई र विनोद राई ‘भ्वाइस अफ नेपाल’को जारी सिजनको फाइनलमा प्रवेश गरेका छन् । पछिल्लो सप्ताहन्तको एपिसोडबाट उनीहरु फाइनलिस्ट बनेका हुन् ।

त्यस्तै, आगामी साता टिम राजेशपायल राईबाट मोनिका राई र मक्कर योञ्जन, टिम प्रमोद खरेलबाट तेन्जिङ डोल्मा गुरुङ र नोगेन लिम्बूमध्ये एकजना फाइनलिस्ट बन्नेछन् भने आगामी सप्ताहन्तका एपिसोडका लागि यी चारजनालाई भोट गर्न सकिनेछ ।

सो टिम उदय सोताङबाट विवेक बस्नेत र टिम मिलन नेवारबाट ट्रिजा प्रधान बाहिरिएसँगै यी दुईलाई अन्तिम चारमा प्रवेश गर्ने बाटो खुलेको हो भने फाइनलमा एक कोचको समूहबाट एकजनाले प्रतिस्पर्धा गर्नेछन् ।

आगामी साताको सेमिफाइनल प्रतिस्पर्धा रोचक हुने अनुमान छ भने त्यसपछि फाइनलमा चारजनाले प्रतिस्पर्धा गर्नेछन् । यसैबीच, आउँदो सातादेखि भ्वाइस किड्सको पनि अडिसन आह्वान गर्ने तयारी रहेको छ ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?