Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

सौगात मल्ल र प्रमोद अग्रहरिलाई लिएर एक्सन फिल्म ‘रक्तबीज’ बन्ने


काठमाडौं। सौगात मल्ल र प्रमोद अग्रहरिलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘रक्तबीज’ निर्माणको घोषणा भएको छ । निर्माता सञ्जय न्यौपानेले शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका छन् ।

उक्त फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको रहनेछ भने न्यौपानेले यसअघि ‘प्रेम दिवस’ फिल्म बनाएका थिए । यो फिल्ममा सौगात र प्रमोदसहित विशाल खरेल पनि देखिंदैछन् । खरेलले ‘प्रेम दिवस’बाट अभिनय करिअर थालेका थिए ।

त्यस्तै, सञ्जय न्यौपाने प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा अमेरिकाको एलए ग्रुप र कमल खतिवडाको पनि लगानी हुनेछ भने राम्रो टिम र पटकथा भएकाले फिल्ममा लगानी गर्न तयार रहेको निर्माता न्यौपानेले बताए ।

सो फिल्मको छायांकन २०८१ सालको असोजबाट गरिने निर्माता न्यौपानेले बताए ।

त्यसैगरी, अभिनेता मल्लले लेखक भारद्वाजले आफूलाई यसअघि नै कथा सुनाएको र मन परेको बताए । अभिनेत्रीसहितका अन्य कलाकार भने चाँडै निधो हुने जनाइएको छ । ‘डार्क एक्सन’ जनरामा फिल्म बन्नेछ । फिल्मलाई सौरभ लामाले खिच्नेछन् ।

पूर्वी नेपालको इलाम र झापामा फिल्म छायांकन हुने जनाइएको छ ।

 


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?