Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

सौगात मल्ल र प्रमोद अग्रहरिलाई लिएर एक्सन फिल्म ‘रक्तबीज’ बन्ने


काठमाडौं। सौगात मल्ल र प्रमोद अग्रहरिलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘रक्तबीज’ निर्माणको घोषणा भएको छ । निर्माता सञ्जय न्यौपानेले शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका छन् ।

उक्त फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको रहनेछ भने न्यौपानेले यसअघि ‘प्रेम दिवस’ फिल्म बनाएका थिए । यो फिल्ममा सौगात र प्रमोदसहित विशाल खरेल पनि देखिंदैछन् । खरेलले ‘प्रेम दिवस’बाट अभिनय करिअर थालेका थिए ।

त्यस्तै, सञ्जय न्यौपाने प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा अमेरिकाको एलए ग्रुप र कमल खतिवडाको पनि लगानी हुनेछ भने राम्रो टिम र पटकथा भएकाले फिल्ममा लगानी गर्न तयार रहेको निर्माता न्यौपानेले बताए ।

सो फिल्मको छायांकन २०८१ सालको असोजबाट गरिने निर्माता न्यौपानेले बताए ।

त्यसैगरी, अभिनेता मल्लले लेखक भारद्वाजले आफूलाई यसअघि नै कथा सुनाएको र मन परेको बताए । अभिनेत्रीसहितका अन्य कलाकार भने चाँडै निधो हुने जनाइएको छ । ‘डार्क एक्सन’ जनरामा फिल्म बन्नेछ । फिल्मलाई सौरभ लामाले खिच्नेछन् ।

पूर्वी नेपालको इलाम र झापामा फिल्म छायांकन हुने जनाइएको छ ।

 


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?