Trending
>>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

सौगात मल्ल र विपिन कार्की स्टारर ‘द रेड सुट्केस’ चैत ३० मा


काठमाडौं। सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा स्टारर फिल्म ‘द रेड सुट्केस’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण कम्पनी आइसफल प्रोडक्सनले चैत ३० गतेलाई प्रदर्शन तय गरेको हो ।

निर्माता रामकृष्ण पोख्रेलले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा सोमबार थिएट्रिकल पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरे भने पोस्टरमा एक पात्र लगेज तान्दै गन्तव्यतर्फ हिंडेको देखिन्छ ।

नेपालको आप्रवासी परम्परा र नियतिलाई दर्शाउने यो फिल्म भेनिसबाहेक जर्मनीको म्यानहाइम हाइडेलवर्ग, स्वीट्जरल्याण्डको जुरिच र भारतको मुम्बईमा छनोट भएको थियो भने निर्माता पोख्रेलले विदेशी दर्शकबाट फिल्मले प्रशस्त स्नेह पाएको र घरेलु दर्शकबाट सोही स्तरको स्नेहको अपेक्षा गर्दै फिल्म प्रदर्शन गर्ने निर्णयमा पुगेको बताएका छन् ।

त्यस्तै, भेनिससहित विश्वप्रसिद्ध फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेको यो फिल्म नेपाली हलमा भने बल्ल रिलिज हुन लागेको हो । फिडेल देवकोटा निर्देशित फिल्मले भेनिस प्रिमियरमा तीन मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।

निर्देशक देवकोटाले फिल्मको प्रदर्शन ‘होमकमिङ’ जस्तै रहेको बताए । ‘सुरुमा फिल्म बनाउँदा यो कथा विश्वले हेर्नुपर्छ भन्ने लागेको थियो । त्यो सपना साकार भयो । अब चाहिं यो कथा घर फर्किएको छ,’ उनले भने, ‘यो फिल्म समसामयिक समाजको ऐना पनि हो ।

यसले हाम्रो समयको सबैभन्दा ठूलो सामाजिक यथार्थलाई उठाएको छ भने प्रदर्शनपछि यसमा बहस पनि छेडियोस् भन्ने मेरो आग्रह छ ।’


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?