Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

गायक शशि गुरुङले २२ वर्षपछि गरे नयाँ गीत सार्वजनिक


काठमाडौं। गायक शशि गुरुङले २२ वर्षपछि नयाँ गीत सार्वजनिक गरेका छन् । आज सुन्धारास्थित एक चलचित्र भवनमा उहानले पत्रकार सम्मेलनको आयोजना गर्दै ‘तिमीले हेर्न चाहे’ को श्रव्यदृश्य सार्वजनिक गरेका हुन् ।

गुरुङले आगामी दिनमा गायनलाई निरन्तरता दिने बताए । “म सरकारी जागिरे भएकाले गीतसङ्गीतलाई निरन्तरता दिन पाइन् । अब निरन्तररुपमा आफूलाई यस क्षेत्रमा प्रस्तुत गर्नेछु”, उनले भने, “धेरै गीत गाएर स्थापित वा चर्चित भइदैन भन्ने मैले बुझेको छु । थोरै तर स्तरीय गीतमार्फत आफ्नो दर्शकसँग साक्षात्कार हुन सकिन्छ ।” गुरुङले आफूलाई मामाको प्रभावले गीतसङ्गीतमा अगाडि बढ्न प्रेरणा मिलेको बताएका छन् ।

उक्त गीत प्रकाश सायमीले रचना गरेका हुन् भने सङ्गीत सिर्जना प्रविन बराइलीले गरेका छन् । गीतको श्रव्यदृश्यमा कुशल केसी र मुना भूर्तेलले अभिनय गरेका छन् । गीत हेर्दा आँखालाई शितलता दिएको र सुन्दा कर्णप्रिय लागेको वरिष्ठ गीतकार नगेन्द्र थापाले बताए ।

“म चलनचल्तीका गीतको सम्पर्कमा छैन । अहिले आइरहेका गीतमध्ये सशक्त शब्द र कर्णप्रिय सङ्गीत भएको गीत यो हो । यो गीत बाचिरहने किसिमको बनेको छ”, उनले भने, “उनको गायन शैलीको ताजगी उस्तै छ । उनलाई निरन्तरता दिनुस् र यस्तै बाच्ने गीतसङ्गीत सिर्जना गर्नुहोस् भन्न चाहन्छु ।”

अमेरिकामा रहेका गायक ओमविक्रम विष्टले श्रव्यदृश्य सन्देश पठाउँदै गायक गुरुङलाई शुभकामना दिए । उनले भने, “उनी (गायक गुरुङ) सँग गीत गाउने मौका पाएको छैन । उनले गरेको सुरुआतले गीतसङ्गीतमा नयाँ आयाम थप्नेमा विश्वस्त छु । यो स्रोतासँगै सर्जकलाई पनि मनपर्ने गीत बनेको छ ।”

उक्त अवसरमा ‘बितेका पलहरु’ बोलको लिरिकल भिडियोसमेत देखाइएको थियो । उक्त गीतमा भूषण खरेलले शब्द रचना र शक्ति बल्लभले सङ्गीत भर्नु भएको छ ।

सो कार्यक्रममा गीतकार दिनेश अधिकारी, श्री पुरुष ढकाल, सङ्गीतकार राजुसिंहलगायत सङ्गीतकर्मीको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?