Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

विपनाको नयाँ म्युजिक भिडियोमा समीप र मिसेलको अभिनय


काठमाडौं। विपना विष्टको स्वर रहेको गीत ‘परिणाम’ सार्वजनिक भएको छ । साक्षी–श्रेयको शब्द, सङ्केत अगस्तीको संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ ।

त्यस्तै, राम केसीको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो सङ्केत अगस्तीले निर्देशन गरेका हुन् । यस अगाडि श्रेय अगस्तीको स्वरमा यो गीतको मेल भर्सन आएको थियो ।

जसको चर्चापछि अहिले विपना विष्टको स्वरमा फिमेल भर्सन ल्याइएको हो । उक्त गीतको भिडियो समेत बनेको छ भने  सो भिडियोले प्रेम, धोका र बाल मनोविज्ञानका विषय उठाएको छ।

सो भिडियोमा समीप निरौला, मिसेल घिमिरे, श्रेया अगस्ती, नुर दाहाल, कृतिका गौतम, आराध्य निरौला, भूपेन्द्र निरौला, लच्छिता चापागाईँ, सुवास शाह, युनिका श्रेष्ठ, सविन मगर लगायतको अभिनय रहेको छ ।

 


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?