Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

विपनाको नयाँ म्युजिक भिडियोमा समीप र मिसेलको अभिनय


काठमाडौं। विपना विष्टको स्वर रहेको गीत ‘परिणाम’ सार्वजनिक भएको छ । साक्षी–श्रेयको शब्द, सङ्केत अगस्तीको संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ ।

त्यस्तै, राम केसीको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो सङ्केत अगस्तीले निर्देशन गरेका हुन् । यस अगाडि श्रेय अगस्तीको स्वरमा यो गीतको मेल भर्सन आएको थियो ।

जसको चर्चापछि अहिले विपना विष्टको स्वरमा फिमेल भर्सन ल्याइएको हो । उक्त गीतको भिडियो समेत बनेको छ भने  सो भिडियोले प्रेम, धोका र बाल मनोविज्ञानका विषय उठाएको छ।

सो भिडियोमा समीप निरौला, मिसेल घिमिरे, श्रेया अगस्ती, नुर दाहाल, कृतिका गौतम, आराध्य निरौला, भूपेन्द्र निरौला, लच्छिता चापागाईँ, सुवास शाह, युनिका श्रेष्ठ, सविन मगर लगायतको अभिनय रहेको छ ।

 


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?