Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

स्वस्तिमाको ‘चिसो मान्छे’ ओटीटीमा रिलिज


काठमाडौं। समीक्षात्मक रुपमा रुचाइएको फिल्म ‘चिसो मान्छे’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ ।

दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई दर्शकले नेपाली ओटीटी एप ‘भिडियो पसल’मा हेर्न सक्नेछन् । अहिलेका लागि दर्शकले नेपालभन्दा बाहिरबाट मात्र हेर्न पाउने सुविधा छ ।

त्यस्तै, विदेशमा बस्ने धेरै नेपाली दर्शक माझ नपुगेको हुनाले फिल्मको माग उच्च रहेको भिडियो पसलकी संस्थापक नेहा कार्की बताउँछिन् । नयाँ वर्ष २०२४ को अवसरमा फिल्म रिलिज गरिएको हो ।

कोरोनाकालमा छायांकन भएको फिल्मले विदेशबाट ल्याइएको शवलाई लकडाउनको समयमा सुदूरपश्चिम लैजान गर्ने संघर्षको कथा पेश गर्छ । उक्त फिल्ममा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

२०१७ देखि सञ्चालनमा रहेको यो नेपाली ओटीटी प्लाटफर्ममा ‘छक्कापञ्जा ४’ र ’झिङ्गेदाउ’ लगायतका फिल्म रिलिज भइसकेका छन् ।

 


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?