Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

स्वस्तिमाको ‘चिसो मान्छे’ ओटीटीमा रिलिज


काठमाडौं। समीक्षात्मक रुपमा रुचाइएको फिल्म ‘चिसो मान्छे’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ ।

दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई दर्शकले नेपाली ओटीटी एप ‘भिडियो पसल’मा हेर्न सक्नेछन् । अहिलेका लागि दर्शकले नेपालभन्दा बाहिरबाट मात्र हेर्न पाउने सुविधा छ ।

त्यस्तै, विदेशमा बस्ने धेरै नेपाली दर्शक माझ नपुगेको हुनाले फिल्मको माग उच्च रहेको भिडियो पसलकी संस्थापक नेहा कार्की बताउँछिन् । नयाँ वर्ष २०२४ को अवसरमा फिल्म रिलिज गरिएको हो ।

कोरोनाकालमा छायांकन भएको फिल्मले विदेशबाट ल्याइएको शवलाई लकडाउनको समयमा सुदूरपश्चिम लैजान गर्ने संघर्षको कथा पेश गर्छ । उक्त फिल्ममा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

२०१७ देखि सञ्चालनमा रहेको यो नेपाली ओटीटी प्लाटफर्ममा ‘छक्कापञ्जा ४’ र ’झिङ्गेदाउ’ लगायतका फिल्म रिलिज भइसकेका छन् ।

 


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?