Trending
>>   नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड >>   निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल >>   संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति… >>   सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग >>   कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने >>   प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन >>   निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ >>   दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव… >>   आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल >>   ‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’:…
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

‘लण्डन टु पेरिस’को छायांकन रोकिंदा साम्राज्ञीको कमब्याकमा अन्योल


काठमाडौं। अभिनेत्री साम्राज्ञी शाहका लागि सन् २०२३ मिश्रित रह्यो । ‘नांगो गाउँ’बाहेक उनी अभिनित दुई फिल्म ‘ह्यारीकी प्यारी’ र ‘तिम्रो मेरो साथ’ चलेनन् । नयाँ वर्ष २०२४ को शुभकामना दिन हट् तस्वीर सार्वजनिक गर्दै साम्राज्ञीले लेखेकी छन्, ‘यो राम्रो वर्ष हुनेछ ।’

त्यस्तै, ७५ प्रतिशत छायांकन भइसकेको यो फिल्मको बाँकी भाग पेरिसमा गर्ने योजना थियो भने निर्देशक घनश्याम लामिछानेले माघको अन्त्यबाट बाँकी छायांकन पेरिसमै हुने बताएका छन् । यसका लागि भिसा प्रक्रिया पुनः थाल्ने उनको भनाइ रहेको छ ।

बितेको वर्ष साम्राज्ञीका लागि निकै चुनौतीपूर्ण रह्यो । उनले काम गरिरहेको ‘लण्डन टु पेरिस’को छायांकन रोकिएको थियो भने निर्देशक र प्राविधिकले फ्रान्सको भिसा नपाउँदा सुटिङ अघि बढेन ।

सोही वर्ष साम्राज्ञीलाई लिएर निर्देशक मिलन चाम्सले एक फिल्मको घोषणा गरे । निर्देशक प्रवेश पौडेलले पनि आना शर्मा र साम्राज्ञीलाई लिएर फिल्म बनाउने बताए भने साम्राज्ञीको अर्को एक फिल्म इटालीमा छायांकन हुने चर्चा थियो ।

एकातिर बक्स अफिस नतिजा, अर्कोतिर बन्दै गरेको फिल्म रोकिनु र घोषित फिल्म पनि अघि नबढ्नुको मनोवैज्ञानिक दबाबमा साम्राज्ञीको सन् २०२३ गुज्रियो, तर पनि उनले सामाजिक सञ्जालमार्फत दर्शकसँग अन्तरक्रिया गर्ने र फोटो सेयर गर्ने कार्यलाई निरन्तरता दिइरहेकी थिइन् ।

 


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?