Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

प्रकाश सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ युट्युबको ट्रेन्डिङ नम्बर वानमा (भिडिओ):-


काठमाडौं। कतिपय गायक गायिकालाई आफ्नो गीत युट्युब ट्रेन्डिङमा परेको देख्नै मुस्किल पर्छ । गायक प्रकाश सपुतका गीतहरू भने युट्युबको ट्रेन्डिङमा मात्र होइन, शीर्ष स्थानमा समेत पुग्ने गरेको छ ।

गायक सपुतकै युट्युब च्यानलबाट सोमबार सार्वजनिक ‘मुटु कटक्कै’को भिडिओको भ्युज ११ लाखभन्दा माथि भइसकेको छ। ‘मुटु कटक्कै’ को भिडिओ सोमबार गायनमा प्रकाशलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएको गीतले माया नलगाएको र प्रेममा पीडा नभोगेका व्यक्ति कोही नहुने भनेको छ।

उक्त गीतमा शब्द तथा संगीत पनि सपुतकै छ भने स्वरमा उनलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । सो गीतको एरेन्ज सुदिप सागरले गरेका हुन् ।

त्यस्तै, मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान भएको गीतमा प्रकाश सपूत, कुशुम शर्मा, रोशनी कार्की, विजय पुन लगायतको अभिनय रहेको छ ।

उक्त गीतको भिडिओमा प्रकाश सपुत र कुसुम शर्माको जोडी बाँधिएको छ भने रोश्नी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल विक, प्रखर सपुत, विशाल घिमिरे, मिलन विश्वकर्माले पनि अभिनय गरेका छन्।

नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडिओ प्रविन भट्टले सम्पादन गरेका हुन् । निर्देशन प्रकाशले नै गरेका हुन्।

हेर्नुहोस् गीतको भिडिओ:-

 

 


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?