Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

प्रकाश सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ युट्युबको ट्रेन्डिङ नम्बर वानमा (भिडिओ):-


काठमाडौं। कतिपय गायक गायिकालाई आफ्नो गीत युट्युब ट्रेन्डिङमा परेको देख्नै मुस्किल पर्छ । गायक प्रकाश सपुतका गीतहरू भने युट्युबको ट्रेन्डिङमा मात्र होइन, शीर्ष स्थानमा समेत पुग्ने गरेको छ ।

गायक सपुतकै युट्युब च्यानलबाट सोमबार सार्वजनिक ‘मुटु कटक्कै’को भिडिओको भ्युज ११ लाखभन्दा माथि भइसकेको छ। ‘मुटु कटक्कै’ को भिडिओ सोमबार गायनमा प्रकाशलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएको गीतले माया नलगाएको र प्रेममा पीडा नभोगेका व्यक्ति कोही नहुने भनेको छ।

उक्त गीतमा शब्द तथा संगीत पनि सपुतकै छ भने स्वरमा उनलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । सो गीतको एरेन्ज सुदिप सागरले गरेका हुन् ।

त्यस्तै, मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान भएको गीतमा प्रकाश सपूत, कुशुम शर्मा, रोशनी कार्की, विजय पुन लगायतको अभिनय रहेको छ ।

उक्त गीतको भिडिओमा प्रकाश सपुत र कुसुम शर्माको जोडी बाँधिएको छ भने रोश्नी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल विक, प्रखर सपुत, विशाल घिमिरे, मिलन विश्वकर्माले पनि अभिनय गरेका छन्।

नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडिओ प्रविन भट्टले सम्पादन गरेका हुन् । निर्देशन प्रकाशले नै गरेका हुन्।

हेर्नुहोस् गीतको भिडिओ:-

 

 


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?