Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

ल्होसार मनाउन गुरुङ पहिरनमा सजिए सेलिब्रिटी (फोटोफिचर)


काठमाडौं। विश्वभर छरिएका तमु (गुरुङ) समुदायले आइतबार तमु ल्होसार मनाउँदै छन् । सेलिब्रिटीले समेत तमु ल्होसारको अवसरमा गुरुङ पोशाकमा सजिएर सौन्दर्य छरेका छन् ।

त्यस्तै, पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह, अभिनेत्री रिश्मा गुरुङ, गायिकाहरु तृष्णा गुरुङ, त्रिशला गुरुङ र प्रविशा अधिकारीले सामाजिक सञ्जालबाट आकर्षक तस्वीर सेयर गर्दै ल्होसारको शुभकामना समेत दिएका छन् ।

संस्कृतिप्रति सेलिब्रिटीको यो अभिरुचि लोभलाग्दो देखिन्छ । नीतिले गुरुङ गाउँमा पुगेर नाचगान गर्दै गरेको फोटो सेयर गरेकी छिन् । उनी गुरुङ समुदायका महिलासँग रमाउँदै गरेको देख्न सकिन्छ ।

त्यसैगरी, नीति चाँडै एक फिल्मबाट डेब्यु तयारीमा छिन् । रिश्माले चाँडै दयाहाङ राईसँग एक फिल्ममा काम गर्दैछिन् भने गायिकाहरु सांगीतिक टुरदेखि गीत रिलिजको तयारीमा जुटेका छन् ।

 


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?