Trending
>>   कमाउने सक्ने भएपछि महिलालाई पुरुष नै चाहिँदैन ! >>   मुक्कुम्लुङ (पाथीभरा) केवलकार विवादबारे >>   बारम्बार ज्वाला दिदिमाथी प्रहार किन? >>   मैले पर्दाफास गर्दै गँए भने नाकमुख देखाउन गार्हो होला नि महोदय ! >>   रिहा हुन लागेका हुन विपिन जोशी? यस्ताे छ बाहिरिएकाे सूचीकाे बास्तविकता (प्रमाणसहित) >>   घट्याे सुनको मूल्य ! >>   राजाकाे हैसियतमा भारत जाँदै ज्ञानेन्द्र ! के हाे संकेत? >>   मन्त्रिहरुले बुझ्नुपर्छ, रिबन काट्ने कुरा महत्वपूर्ण कि संसदमा कानून निर्माण गर्नेकुरा: सभामुख घिमिरे (अन्तवार्ता) >>   शितलहर र चिसोले प्रभावित जनकपुरवासीको जनजीवन, उडान ठप्प >>   विविध चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छ: सभामुख घिमिरे
Logo
१७ माघ २०८१, बिहीबार
१७ माघ २०८१, बिहीबार

कोशी प्रदेश


खडेरीको असर जङ्गली निगुरोमा पनि

३० वैशाख ,बेलबारी (मोरङ) । विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् । मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो पाइन्छ । यहाँको निगुरो काठमाडौँसमेत जान थालेपछि माग ह्वात्तै बढेको छ तर

आफ्नै होस्टलमा बस्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ राई पक्राउ

२९ वैशाख, खोटाङ । बालयौन दुर्व्यवहार आरोपमा कृषि विज्ञको रूपमा चिनिएका मदन राई पक्राउ परेका छन् । यौन दुर्व्यवहार कसुरमा खोटाङको शुभम फाउन्डेसनका सन्चालक राई पक्राउ परेका हुन् । फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका लागि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी

जङ्गलमा लागेको आगो घरमा सल्कियो, एक अशक्त युवकको मृत्यु

२९ वैशाख, पाँचथर । जङ्गलमा लागेको आगो नजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको लाक्सेबुङमा एक अशक्त युवकको जलेर मृत्यु भएको छ । बिहीबार अपराह्न ३ः३० बजे लाक्सेबुङ जङ्गलमा लागेको आगो सोही स्थानका प्रेम नेम्बाङको घरमा सल्किदा आगलागी भएको थियो । आगलागीमा परी हिँड्डुल गर्न नसक्ने नेम्बाङका छोरा

शर्माको एकल चित्रकला प्रदर्शनी

२९ वैशाख ,काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कलाकार भीमप्रसाद शर्माले एकल चित्रकला प्रदर्शनी गरेका छन् । गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा बिहीबार शर्माले ११औँ एकल चित्रकला प्रदर्शनी गरेका हुन् । गैँडाकोट–४ किसान आर्ट ग्यालरीमा गरिएको सो प्रदर्शनीमा शर्माले कोरेका २७ चित्र राखिएका छन् । यसअघि उनले भारत, जर्मनी, क्यानडा, अफगानिस्तान,

आगलागीका कारण इन्टरनेट प्रभावित

२८ वैशाख, ताप्लेुङ । आगलागीका कारण फाइबर केबल जलेर क्षति भएपछि जिल्लामा मोबाइल र इन्टरनेट सेवा प्रभावित भएका छन् । गएराति फुङ्लिङ नगरपालिकास्थित ल्याङ्बा क्षेत्रमा भएको आगलागीले इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस्ले जडान गरेको फाइबर केबल जलेपछि मोबाईल फोन र इन्टरनेट दुवै सेवा प्रभावित बनेको हो । टेकमाइन्डस्को फाइबर केबल नेपाल

उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी

२८ वैशाख, उदयपुर । उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका–७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आज आगालागी हुँदा कृषि फार्मसहित– ४ गोठ र दुई घर गरी सात घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहान ९ बजे स् विद्युत् सर्ट भई आगलागी सुरु भएको हो । आगलागी

सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको हो : मुख्यमन्त्री कार्की

२७ वैशाख ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गरेका छन् । नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको–२०८० को उद्घाटन गर्दै उनले दुई तिहाइ बहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं

पाथीभरा तीर्थयात्रीलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने

२७ वैशाख ,ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने दर्शनार्थी एवं पर्यटकलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने भएको छ । दर्शनार्थीका लागि गाडी तथा यात्रा व्यवस्थापनका सम्बन्धमा यसअघि भएको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सरोकारवालाले पुनःध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले पाथीभरा आउने दर्शनार्थीको सहजताका

बजेट उत्पादन र रोजगारी बढाउन केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की

२७ वैशाख ,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताएका छन् । नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित ‘वित्तीय सङ्घीयता र स्थानीय तहको योजना तर्जुमा’ प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान आधा हिस्सा मात्र

नागरिक सुरक्षाका लागि कसैसँग सम्झौता हुँदैन : प्रहरी नायब महानिरीक्षक बाँस्तोला

२६ वैशाख ,विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख राजेशनाथ बाँस्तोलाले नागरिक सुरक्षाका लागि नेपाल प्रहरीले कसैसँग सम्झौता नगर्ने बताएका छन् । कार्यालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले नेपाल प्रहरीले आन्तरिक शुद्धीकरण गर्नुका साथै नागरिक सहायता कक्षबाट गुणस्तरीय सेवामा पनि जोड दिइएको बताए । फरार

सम्वन्धित समाचारहरु