Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

बजार अनुगमनमा भेटिए गन्हाएको आलु र म्याद नाघेका लड्डु, आकाश फुड्सलाई ३ लाख रुपैयाँ जरिवाना


काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका तीन वटा खाद्य व्यवसायमा आकस्मिक (र्‍यापिड रेस्पोन्स मोडालिटी) बजार अनुगमन गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही गरेको छ।

अनुगमनका क्रममा बालुवाटारस्थित आकाश फुड्समा उपभोग्य मिति सकिएका आठ बट्टा विना चिनीका लड्डु, पानीपुरीमा प्रयोग हुने गन्हाएको आलु तथा फ्राइङ तेलको TPM Value २३ रहेको भेटिएको विभागले जनाएको छ।

उक्त कैफियतका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार आकाश फुड्सलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। साथै, गन्हाएको करिब १०० ग्राम आलु र म्याद नाघेका आठ बट्टा लड्डु नष्ट गरी खाद्य स्वच्छता कायम गर्न निर्देशन दिइएको छ।

यस्तै, चन्द्रागिरी–३ स्थित सुजल डेरी प्रालिमा सरसफाइ, दूध प्रशोधन प्रक्रिया, प्रयोगशाला र कर्मचारीको व्यक्तिगत सरसफाइ सन्तोषजनक पाइए पनि थप अनुसन्धानका लागि दूधको नमुना संकलन गरिएको विभागले जनाएको छ। उद्योगलाई नियमित सरसफाइमा विशेष ध्यान दिन पनि निर्देशन दिइएको छ।

त्यसैगरी, बाफलस्थित बाजेको डेरी पसलमा सरसफाइ कमजोर रहेको, खुला दूध तथा दही बिक्री भइरहेको र पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ फ्रीजमा राखिएको भेटिएको छ। यद्यपि उजुरीमा उल्लेख गरिएको विषय भने स्थलगत अनुगमनमा पुष्टि हुन नसकेको विभागले जनाएको छ। पसलबाट थप अनुसन्धानका लागि दूध र दहीको नमुना संकलन गरी नियमित सरसफाइ गर्न निर्देशन दिइएको छ।

विभागले भदौ २४ गते सम्पन्न अनुगमनमा काठमाडौंका तीन वटा खाद्य व्यवसायको निरीक्षण गरिएको जनाएको छ। साथै, उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित खाद्य व्यवसायहरूले खाद्य स्वच्छता, गुणस्तर र म्याद सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।


प्रकाशित मिति: २५ भाद्र २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?