Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

बाढी प्रभावित क्षेत्रमा खाद्य स्वच्छता अपनाउन विभागको आग्रह


काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खाद्य स्वच्छता कायम गर्न उपभोक्ता, राहत वितरक तथा व्यवसायीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले राहत वितरण भइरहेका खाद्यान्न, पिउने पानी तथा तयारी भोजनको अनुगमन तीव्र बनाएको जनाएको छ। साथै दूषित, म्याद गुज्रेका वा बाढीले भिजाएका खाद्यवस्तु जफत गरी नष्ट गर्ने कार्यसमेत भइरहेको उल्लेख गरेको छ। विभागले बाढीले बगाएर ल्याएका वा मरेका माछा तथा पशुपन्छी नखान, पानी उमालेर मात्र पिउन, बाढीले भिजाएका खाद्यान्न प्रयोग नगर्न तथा बासी, सडेगलेका वा खुला खाद्यवस्तु सेवन नगर्न आग्रह गरेको छ।

राहत वितरण गर्ने संस्था तथा व्यवसायीलाई सुरक्षित, ताजा र म्यादभित्रका खाद्यवस्तु मात्र वितरण गर्न तथा खाद्य सामग्री सुरक्षित र ओभानो स्थानमा भण्डारण गर्न पनि विभागले निर्देशन दिएको छ।


प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?