Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

जङ्गलमा लागेको आगो घरमा सल्कियो, एक अशक्त युवकको मृत्यु


२९ वैशाख, पाँचथर । जङ्गलमा लागेको आगो नजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको लाक्सेबुङमा एक अशक्त युवकको जलेर मृत्यु भएको छ ।

बिहीबार अपराह्न ३ः३० बजे लाक्सेबुङ जङ्गलमा लागेको आगो सोही स्थानका प्रेम नेम्बाङको घरमा सल्किदा आगलागी भएको थियो । आगलागीमा परी हिँड्डुल गर्न नसक्ने नेम्बाङका छोरा ३२ वर्षीय मनकुमार नेम्बाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खरको छानो भएको घरमा जङ्गलमा लागेको आगोको झिल्काले भेटेपछि आगलागी भएको थियो । घरमा मृतक मनकुमार मात्रै रहेको अवस्थामा आगलागी हुँदा निजको मृत्यु हुनुका साथै दुई तले घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

बिहीबारदेखि नै जिल्लाको फिदिम नगरपालिका–९ को लम्जक सामुदायिक वन, फिदिम–८ को भष्मे जङ्गल र मिक्लाजुङ गाउँपालिका–८ को देउराली सामुदायिक वनमा आगलागी भएको तर सो आगलागीले नजिकका बस्ती भेट्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ । ती स्थानमा प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिरहेको प्रनाउ खतिवडाले बताए ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?