Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

शर्माको एकल चित्रकला प्रदर्शनी


२९ वैशाख ,काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कलाकार भीमप्रसाद शर्माले एकल चित्रकला प्रदर्शनी गरेका छन् । गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा बिहीबार शर्माले ११औँ एकल चित्रकला प्रदर्शनी गरेका हुन् ।

गैँडाकोट–४ किसान आर्ट ग्यालरीमा गरिएको सो प्रदर्शनीमा शर्माले कोरेका २७ चित्र राखिएका छन् । यसअघि उनले भारत, जर्मनी, क्यानडा, अफगानिस्तान, डेनमार्क, दक्षिण कोरिया, बङ्गलालगायत देशमा समेत एकल चित्रकला प्रदर्शनी गरिसकेका छन् ।

प्रदर्शनीको कलाप्रेमी तथा चित्रमा रुचि राख्नेहरूले अवलोकन गरेका थिए । किसान आर्ट ग्यालरीमा बेला–बेलामा कला, साहित्य तथा संस्कृति संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम हुँदै आएका छन् । कलावती आर्ट काउन्सिल, त्रिवेणी साहित्य प्रतिष्ठान र हामी कलाकार नामक संस्थाको सहयोगमा एकल चित्रकला प्रदर्शनीको आयोजना गरिएको हो ।

प्रदर्शनीमा राखिएका ती यस्ता चित्र हुन् जसमाथि पाँच कविले हरेक चित्रमा कविता कोरेका छन् । शर्माका चित्रमा आधारित रहेर साहित्यकार गोविन्दराज विनोदी, गीता त्रिपाठी, सुमन पोखरेल, गोपी सापकोटा र सुदेश सत्यालले कविता कोरेका छन् । साझा प्रकाशनले कविता समेटेर ‘इत्थंविध चित्रः इत्थंविध कविता’ सङ्ग्रह प्रकाशन गरेको छ ।

“विनोदी सरलाई नभेटेको भए म चित्रकार हुने थिइनँ”, शर्माले भने, “मैले चित्र कोर्थेँ । उहाँले चित्र कोर्नुका साथै कविता पनि लेख्नुहुन्छ । चित्रकारको रचनालाई कविले कसरी हेरेको हुँदोरहेछ भन्ने अनुभव गरौँ न त भनेर अन्यलाई पनि कविता लेख्न लगाएर पुस्तकै तयार गर्यौँ ।”

विदेशका विभिन्न ठाउँमा प्रदर्शनी गरेको भए पनि कलामा साहित्य मिसाएर आफ्नै गाउँ–ठाउँमा गरिएको यो प्रदर्शनी उहाँलाई खास लागेको छ । कोरोना महामारीका समयमा घरमै थुनिँदा कोरेका धेरै चित्र प्रदर्शनीमा राखिएका शर्माको भनाइ छ ।

“यो प्रदर्शनीमा अनुहार देख्न पाउनुहुन्न, मान्छेले काम गरेको भाव देख्न सक्नुहुन्छ”, उनले भने । प्रदर्शनीमा जीवन दर्शन, आध्यात्म, प्रकृति, कोरोनाकालमा भएका घटनालाई चित्रमार्फत देखाइएको छ ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?