Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

‘लकडाउन’ले बनायो कृषक


३० वैशाख, मोरङ । ‘लकडाउन’ले धेरै नेपालीको व्यापार व्यवसायलाई धराशयी बनायो । लकडाउनका कारण धेरै व्यापार छाडेर पलायन भए भने कतिलाई लकडाउन नै अवसर बनिदियो । त्यस्तै एक उदाहरण बनेका छन् मोरङको पथरी शनिश्चरे नगरपालिकाका खगेन्द्रप्रसाद लिम्बू । जग्गा कारोबार गर्दै आएका लिम्बूका लागि लकडाउन ‘टर्निङ पोइन्ट’ बन्यो ।

लकडाउनका कारण जग्गा कारोबार छाडेर ड्रागन खेतीमा लागेका खगेन्द्रप्रसादलाई राम्रै सफलता मिल्यो । लिम्बूले साथीभाइको सल्लाहअनुसार रु एक करोड ३० लाखको लगानीमा ड्रागन खेती सुरु गरे । दुई बिघा १० कट्ठा क्षेत्रफलमा लगाएको दुई हजार तीन सय बिरुवाले उत्पादन दिन सुरु गरेको छ ।

पथरी शनिश्चरे–८ मा रहेको मेद्यावी कृषि फर्ममा तीनजनाले रोजगारी पाएका छन् । खेती सुरु गर्दा तीन महिनासम्म सात÷आठजनाले रोजगार पाएका थिए । “युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनु पर्छ भन्दै ड्रागन खेतीको सुरुआत गरेको हुँ”, लिम्बूले भने । सुरु सुरुमा समस्या भए पनि फल दिन थालेपछि आनन्द भएको लिम्बूले बताए ।

नेपालमा सफलता पाउँदै गरेको समयमा रेड सी प्रजातिको नौलो तथा मीठो फल ड्रागन फ्रुट खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । कृषि पेसामा आत्मानिर्भर भएका लिम्बू ड्रागन फ्रुट खेतीमा रमाइरहेका छन् । १५ महिनाअघि लगाएको ड्रागन खेतीले फल दिन थालेको छ । एक पटकको मेहनतले लामो समय राम्रै फल दिने भएकाले सबै कृषकले यो खेती गर्दा राम्रो हुने लिम्बूको भनाइ छ ।

ड्रागन फ्रुटसँगै भित्रभित्र बुटे खेती गर्न सकिन्छ भएकाले नगदे बालीले समेत स्थान पाउने गर्दछ । एक पोलबाट वार्षिक एक सय ५० किलोसम्म फल उत्पादन हुने गर्दछ । बजारमा ड्रागन फ्रुट प्रतिकिलो पाँचदेखि आठ सय पर्ने गर्दछ । पछिल्लो समय बजारमा प्रतिस्पर्धा धेरै भएका कारण सोचेअनुसार मूल्य नपाउने पो हो कि भन्ने उनलाई चिन्ता छ । बाहिरी देशबाट आएको फलभन्दा नेपालमा उत्पादन भएको फल स्वादिलो र पोषिलो हुने भएकाले बजार मूल्य राम्रै पाउने लिम्बूले बताए ।

सिँचाइ सुविधा कम भएको रुखो जमिनमा पनि ड्रागन फ्रुटले उत्पादन दिने भएकाले यस खेतीतर्फ कृषक आकर्षित हुँदै आएका छन् । ग्रामीण र सहरी क्षेत्रमा मानिसले यस खेतीलाई व्यावसायिक खेतीका रुपमा लिन थालेका छन् । मोरङको बेलबारी नगरपालिका–१० का वडाध्यक्ष गङ्गा याक्खा, पथरी शनिश्चरे–६ पूर्ववडाध्यक्ष जयबहादुर तामाङ, पथरी शनिश्चरे–२ का प्रवेश राई र सुनवर्षी नगरपालिकाका गणेश राईले व्यावसायिक ड्रागन खेती गर्दै आएका छन् ।

ड्रागन खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा हुने गर्दछ । एक पटक लगाएको खेतीले २५ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति कृषकको आकर्षण बढ्दै गएको छ ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?