Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

‘लकडाउन’ले बनायो कृषक


३० वैशाख, मोरङ । ‘लकडाउन’ले धेरै नेपालीको व्यापार व्यवसायलाई धराशयी बनायो । लकडाउनका कारण धेरै व्यापार छाडेर पलायन भए भने कतिलाई लकडाउन नै अवसर बनिदियो । त्यस्तै एक उदाहरण बनेका छन् मोरङको पथरी शनिश्चरे नगरपालिकाका खगेन्द्रप्रसाद लिम्बू । जग्गा कारोबार गर्दै आएका लिम्बूका लागि लकडाउन ‘टर्निङ पोइन्ट’ बन्यो ।

लकडाउनका कारण जग्गा कारोबार छाडेर ड्रागन खेतीमा लागेका खगेन्द्रप्रसादलाई राम्रै सफलता मिल्यो । लिम्बूले साथीभाइको सल्लाहअनुसार रु एक करोड ३० लाखको लगानीमा ड्रागन खेती सुरु गरे । दुई बिघा १० कट्ठा क्षेत्रफलमा लगाएको दुई हजार तीन सय बिरुवाले उत्पादन दिन सुरु गरेको छ ।

पथरी शनिश्चरे–८ मा रहेको मेद्यावी कृषि फर्ममा तीनजनाले रोजगारी पाएका छन् । खेती सुरु गर्दा तीन महिनासम्म सात÷आठजनाले रोजगार पाएका थिए । “युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनु पर्छ भन्दै ड्रागन खेतीको सुरुआत गरेको हुँ”, लिम्बूले भने । सुरु सुरुमा समस्या भए पनि फल दिन थालेपछि आनन्द भएको लिम्बूले बताए ।

नेपालमा सफलता पाउँदै गरेको समयमा रेड सी प्रजातिको नौलो तथा मीठो फल ड्रागन फ्रुट खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । कृषि पेसामा आत्मानिर्भर भएका लिम्बू ड्रागन फ्रुट खेतीमा रमाइरहेका छन् । १५ महिनाअघि लगाएको ड्रागन खेतीले फल दिन थालेको छ । एक पटकको मेहनतले लामो समय राम्रै फल दिने भएकाले सबै कृषकले यो खेती गर्दा राम्रो हुने लिम्बूको भनाइ छ ।

ड्रागन फ्रुटसँगै भित्रभित्र बुटे खेती गर्न सकिन्छ भएकाले नगदे बालीले समेत स्थान पाउने गर्दछ । एक पोलबाट वार्षिक एक सय ५० किलोसम्म फल उत्पादन हुने गर्दछ । बजारमा ड्रागन फ्रुट प्रतिकिलो पाँचदेखि आठ सय पर्ने गर्दछ । पछिल्लो समय बजारमा प्रतिस्पर्धा धेरै भएका कारण सोचेअनुसार मूल्य नपाउने पो हो कि भन्ने उनलाई चिन्ता छ । बाहिरी देशबाट आएको फलभन्दा नेपालमा उत्पादन भएको फल स्वादिलो र पोषिलो हुने भएकाले बजार मूल्य राम्रै पाउने लिम्बूले बताए ।

सिँचाइ सुविधा कम भएको रुखो जमिनमा पनि ड्रागन फ्रुटले उत्पादन दिने भएकाले यस खेतीतर्फ कृषक आकर्षित हुँदै आएका छन् । ग्रामीण र सहरी क्षेत्रमा मानिसले यस खेतीलाई व्यावसायिक खेतीका रुपमा लिन थालेका छन् । मोरङको बेलबारी नगरपालिका–१० का वडाध्यक्ष गङ्गा याक्खा, पथरी शनिश्चरे–६ पूर्ववडाध्यक्ष जयबहादुर तामाङ, पथरी शनिश्चरे–२ का प्रवेश राई र सुनवर्षी नगरपालिकाका गणेश राईले व्यावसायिक ड्रागन खेती गर्दै आएका छन् ।

ड्रागन खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा हुने गर्दछ । एक पटक लगाएको खेतीले २५ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति कृषकको आकर्षण बढ्दै गएको छ ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?