१८ चैत ,काठमाडौँ । मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिमको आयोग गठन गर्ने भएको हो । गृह मन्त्रालयमा आज सरकार र आन्दोलनरत मिटरब्याज पीडित सङ्घर्ष समितिबीच भएको पाँच बुँदे सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त आयोग गठन
१७ चैत ,काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री महिन्द्र राय यादवले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय नीति तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन् । मन्त्री यादवले आज पदबहाल गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई समाजले हेर्ने दृष्टिकोणमा रुपान्तरण गर्न आवश्यक रहेको बताए। “महिलाको अधिकारको लागि
१७ चैत, काठमाडाैँ । श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो । स्थानीय तहमा रहेका रोजगार सेवा
१७ चैत ,खोटाङ । खोटाङ उद्योग वाणिज्य सङ्घको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा राजनप्रसाद आचार्य विजयी भएको छन् । उनले आफ्ना प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीलाई १९६ मतान्तरले पराजित गरेका हुन् । बिहीबार भएको निर्वाचनमा आचार्यले तीन सय ३४ तथा एक सय ३८ मत प्राप्त गरे । निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीका अनुसार कुल छ
१६ चैत ,लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आइपुगेको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली बुधबार राजधानी लिस्बन आइपुगेको हो । विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको टोलीलाई गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारी,
१५ चैत्र, काठमाडाैँ । नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित एक जनप्रतिनिधि रोजगारीका लागि विदेश गएका छन्। इलामको देउमाइ नगरपालिका वार्ड नं ५ बाट निर्वाचित भएका वडा सदस्य कैलाश श्रेष्ठ रोजगारीका लागि कोरिया गएका हुन् । उनले २०२२ को ईपीएस परीक्षा उत्तीर्ण गरेसँगै रोजगारीका लागि उक्त गन्तव्यमा गएका हुन् । उनी रोजगारीका
१५ चैत्र, खोटाङ । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन् । मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका सुजन खड्का,
१४ चैत्र ,म्याग्दी । मुस्ताङमा गुणस्तर परीक्षणका लागि पश्मिनाको कच्चा पदार्थ च्याङ्ग्राको भुवा सङ्कलन गर्न थालिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना सङ्घ र च्याङ्ग्रा पश्मिना किसान सङ्घको समन्वयमा नेपालमै पहिलोपटक भुवाको परीक्षण गर्न लागेको हो
१३ चैत्र, काठमाडाैँ । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्ने भएको छ । सो सेवामार्फत विदेशी भूमिमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या सम्बोधन गर्न आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श उपलब्ध गराउने वैदेशिक रोजगार बोर्डले जनाएको छ
१२ चैत्र ,विराटनगर । मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीको पार्किङसमेत खाली गराएको छ । महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरू हटाएको हो । ट्राफिक प्रहरी कार्यालयअगाडि सवारी पार्किङ गर्दा