Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अर्धसैनिक बलको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइतेः सुडानी सेना


काठमाडौँ । पश्चिमी सुडानको आवासीय भवन र विस्थापन शिविरहरूमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा भएको आक्रमणमा कम्तिमा ४५ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य २८ जना घाइते भएको सुडानी सेनाले जनाएका छन्  ।

विद्रोही मिलिशियाले एल फशरको दक्षिणी क्षेत्र, शहरको दक्षिणमा जम्जाम विस्थापन शिविर र उत्तरमा अबु शौक शिविरमा रहेको आवासीय क्षेत्रलाई निशाना बनाएका थिए  । आरएसएफले आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी जारी गरेका छैनन्  ।

मे १० देखि, पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फशरमा एसएएफ र आरएसएफबीच भीषण झडप भएको छ ।

मध्य अप्रिल २०२३ देखि सुडान द्वन्द्वले ग्रसित छ । यस घातक द्वन्द्वको परिणाम स्वरूप २७ हजार भन्दा बढीको मृत्यु भएको छ भने सुडान भित्र वा बाहिर १ करोड ४० लाख मानिस विस्थापित भएका छन् ।


प्रकाशित मिति: ३० मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?