Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अर्धसैनिक बलको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइतेः सुडानी सेना


काठमाडौँ । पश्चिमी सुडानको आवासीय भवन र विस्थापन शिविरहरूमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा भएको आक्रमणमा कम्तिमा ४५ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य २८ जना घाइते भएको सुडानी सेनाले जनाएका छन्  ।

विद्रोही मिलिशियाले एल फशरको दक्षिणी क्षेत्र, शहरको दक्षिणमा जम्जाम विस्थापन शिविर र उत्तरमा अबु शौक शिविरमा रहेको आवासीय क्षेत्रलाई निशाना बनाएका थिए  । आरएसएफले आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी जारी गरेका छैनन्  ।

मे १० देखि, पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फशरमा एसएएफ र आरएसएफबीच भीषण झडप भएको छ ।

मध्य अप्रिल २०२३ देखि सुडान द्वन्द्वले ग्रसित छ । यस घातक द्वन्द्वको परिणाम स्वरूप २७ हजार भन्दा बढीको मृत्यु भएको छ भने सुडान भित्र वा बाहिर १ करोड ४० लाख मानिस विस्थापित भएका छन् ।


प्रकाशित मिति: ३० मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?