Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इजरायली आक्रमणबाट गाजामा ३० प्यालेस्टाइनीको मृत्यु


काठमाडौँ । गाजा पट्टीमा एक नगरपालिका भवन, तीन विद्यालय विस्थापित मानिसहरूको आवास र आवासीय घरहरूमा इजरायली हवाई आक्रमणमा ३० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।

इजरायली विमानले मध्य गाजाको देइर अल–बालाह नगरपालिकाको भवनलाई निशाना बनाएको स्थानीय स्रोतले बताए ।

यसैबीच इजरायली युद्धक विमानहरूले गाजा शहरको अल–जला स्ट्रिटमा विस्थापित मानिसहरूलाई आश्रय दिने अल–मजिदा वासिला विद्यालयलाई मिसाइलले निशाना बनाएका थिए । गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले आक्रमणमा सात जनाको मृत्यु भएको छ र अन्य २० जना घाइते भएका छन् ।

एम्बुलेन्स र सिभिल डिफेन्सका कर्मचारीहरूले घाइतेहरूलाई शहरका अस्पतालहरूमा स्थानान्तरण गरेका थिए । बसालले पीडितहरूमा आमा र उनको नवजात शिशु रहेको उल्लेख गरे  ।

बलौसाको हत्यासँगै गत वर्ष इजरायल–हमास द्वन्द्व शुरु भएदेखि मारिने पत्रकारको संख्या १९० पुगेको हमासद्वारा सञ्चालित गाजा सरकारी मिडिया कार्यालयले जारी गरेका छन्  ।


प्रकाशित मिति: ३० मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?