Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

टर्किएले दमास्कसमा दूतावास पुनः खोल्यो


काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिवार सिरियाको राजधानी दमास्कसमा आफ्नो दुतावास पुनः खोलेको घोषणा गरेका छन्  ।

आफूहरु सिरियाका जनताको देशको पुनर्निर्माण र पुनः प्राप्तिको प्रयासमा साथमा उभिने प्रतिवद्धता समेत व्यक्त गरे  । एर्दोगानले पूर्वी टर्कियाको शहर एर्जुरममा आयोजित प्रान्तीय पार्टीको सम्मेलनमा यस्तो घोषणा गरेका हुन्  ।

अंकाराले यस हप्ताको शुरुमा मोरिटानियाका लागि टर्कीका राजदुत बुरहान कोरोग्लुलाई दमास्कसस्थित टर्की दुतावासमा कार्यवाहक चार्ज डी अफेयर्सको रूपमा नियुक्त गरेका थिए ।

शनिवार एनटिभीले दमास्कसस्थित दूतावासमा फेरि टर्कीको झण्डा फहराइएको जनाएका छन्  । टर्किएले सिरियाली गृहयुद्धको बीचमा बढ्दो हिंसालाई उद्धृत २०१२ मा दमास्कसमा आफ्नो दुतावास बन्द गरेका थिए  ।


प्रकाशित मिति: ३० मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?