Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

टर्किएले दमास्कसमा दूतावास पुनः खोल्यो


काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिवार सिरियाको राजधानी दमास्कसमा आफ्नो दुतावास पुनः खोलेको घोषणा गरेका छन्  ।

आफूहरु सिरियाका जनताको देशको पुनर्निर्माण र पुनः प्राप्तिको प्रयासमा साथमा उभिने प्रतिवद्धता समेत व्यक्त गरे  । एर्दोगानले पूर्वी टर्कियाको शहर एर्जुरममा आयोजित प्रान्तीय पार्टीको सम्मेलनमा यस्तो घोषणा गरेका हुन्  ।

अंकाराले यस हप्ताको शुरुमा मोरिटानियाका लागि टर्कीका राजदुत बुरहान कोरोग्लुलाई दमास्कसस्थित टर्की दुतावासमा कार्यवाहक चार्ज डी अफेयर्सको रूपमा नियुक्त गरेका थिए ।

शनिवार एनटिभीले दमास्कसस्थित दूतावासमा फेरि टर्कीको झण्डा फहराइएको जनाएका छन्  । टर्किएले सिरियाली गृहयुद्धको बीचमा बढ्दो हिंसालाई उद्धृत २०१२ मा दमास्कसमा आफ्नो दुतावास बन्द गरेका थिए  ।


प्रकाशित मिति: ३० मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?