Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इजिप्टका राष्ट्रपति र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारबीच क्षेत्रीय घटनाक्रमबारे छलफल


काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले गाजा र सिरियाको पछिल्लो घटनाक्रमबारे छलफल गरेका छन् ।

बैठकले हमास–इजरायल द्वन्द्वमा युद्धविराम गर्न र बन्दीहरूको आदानप्रदानलाई सहज बनाउन दुवै पक्षको प्रयासको समीक्षा गरेका थिए  । अल–सिसीले गाजामा मानवीय सहायता पुर्‍याउने अत्यावश्यकतामा जोड दिए  ।

दुवै पक्षले लेबनानमा शान्तिको लागि क्षेत्रीय प्रयासहरूमा प्रमुख तत्वको रूपमा युद्धविराम सम्झौताको कार्यान्वयन र मर्मतका बारेमा पनि छलफल गरेका छन् । सिरियामा, अल–सिसीले सिरियाको एकता, क्षेत्रीय अखण्डता र त्यहाँका जनताको सुरक्षाको महत्वलाई जोड दिए  ।

अमेरिकी प्रशासनका प्रवक्ताका अनुसार क्षेत्रीय भ्रमणमा रहेका सुलिवानले बुधवार सिरियालाई एजेण्डा राखेर इजरायलको भ्रमण गरेका थिए । उनले  वार्तालाई अगाडि बढाउन इजरायल र हमासबीचको मध्यस्थकर्ता कतार र इजिप्टको यात्रा गर्ने बताए ।


प्रकाशित मिति: ३० मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?