Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

इजिप्टका राष्ट्रपति र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारबीच क्षेत्रीय घटनाक्रमबारे छलफल


काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले गाजा र सिरियाको पछिल्लो घटनाक्रमबारे छलफल गरेका छन् ।

बैठकले हमास–इजरायल द्वन्द्वमा युद्धविराम गर्न र बन्दीहरूको आदानप्रदानलाई सहज बनाउन दुवै पक्षको प्रयासको समीक्षा गरेका थिए  । अल–सिसीले गाजामा मानवीय सहायता पुर्‍याउने अत्यावश्यकतामा जोड दिए  ।

दुवै पक्षले लेबनानमा शान्तिको लागि क्षेत्रीय प्रयासहरूमा प्रमुख तत्वको रूपमा युद्धविराम सम्झौताको कार्यान्वयन र मर्मतका बारेमा पनि छलफल गरेका छन् । सिरियामा, अल–सिसीले सिरियाको एकता, क्षेत्रीय अखण्डता र त्यहाँका जनताको सुरक्षाको महत्वलाई जोड दिए  ।

अमेरिकी प्रशासनका प्रवक्ताका अनुसार क्षेत्रीय भ्रमणमा रहेका सुलिवानले बुधवार सिरियालाई एजेण्डा राखेर इजरायलको भ्रमण गरेका थिए । उनले  वार्तालाई अगाडि बढाउन इजरायल र हमासबीचको मध्यस्थकर्ता कतार र इजिप्टको यात्रा गर्ने बताए ।


प्रकाशित मिति: ३० मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?