Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

पाकिस्तानी नागरिकको ज्यान गएपछि कारबाही थाल्न ‘एफआईए’ लाई निर्देशन


काठमाडौँ । डुङ्गाबाट अवैध रूपमा युरोप प्रवेश गर्ने प्रयासमा पाकिस्तानी नागरिकको ज्यान गएपछि पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नक्वीले आइतबार सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए) लाई कारबाही थाल्न निर्देशन दिएका छन्  ।

नक्वीले आपराधिक माफियाहरूलाई ध्वस्त पार्ने तत्काल आवश्यकतामा जोड दिए  ।

प्रधानमन्त्री शहबाज सरिफको आदेशमा उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयका अतिरिक्त सचिवको नेतृत्वमा समिति गठन गरिएका छन्  । समितिलाई पाँच दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएका छन् ।

ग्रीसको दक्षिणी टापु गाभडोस नजिकै काठको डुङ्गा पल्टिएपछि कम्तिमा पाँच आप्रवासी डुबेका थिए । धेरै अझै बेपत्ता छन् । कोस्ट गार्डले उनीहरूलाई क्रेट टापुमा सारिएको र बेपत्ताको सङ्ख्या अझै पुष्टि भइसकेको न्यूज इन्टरनेशनलले जनाएका छन्  ।

पाकिस्तानका प्रधानमन्त्री सरिफले पनि डुङ्गा पल्टिँदा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरे  । “उहाँले भविष्यमा यस्ता घटना हुन नदिन कडा सजाय र ठोस पहल गर्नुपर्नेमा जोड दिनुभयो ।”

सन् २०२३ जुन १४ मा पाकिस्तान, सिरिया र इजिप्टका करिब ७५० जना मानिस बोकेको एउटा डुङ्गा ग्रीस नजिकैको खुला समुद्रमा डुबेको थियो । कुल यात्रुमध्ये १०४ जना बाँच्न सफल भएका छन् भने ८२ जनाको शव निकालिएका थिए  ।


प्रकाशित मिति: १ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?