Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

पाकिस्तानी नागरिकको ज्यान गएपछि कारबाही थाल्न ‘एफआईए’ लाई निर्देशन


काठमाडौँ । डुङ्गाबाट अवैध रूपमा युरोप प्रवेश गर्ने प्रयासमा पाकिस्तानी नागरिकको ज्यान गएपछि पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नक्वीले आइतबार सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए) लाई कारबाही थाल्न निर्देशन दिएका छन्  ।

नक्वीले आपराधिक माफियाहरूलाई ध्वस्त पार्ने तत्काल आवश्यकतामा जोड दिए  ।

प्रधानमन्त्री शहबाज सरिफको आदेशमा उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयका अतिरिक्त सचिवको नेतृत्वमा समिति गठन गरिएका छन्  । समितिलाई पाँच दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएका छन् ।

ग्रीसको दक्षिणी टापु गाभडोस नजिकै काठको डुङ्गा पल्टिएपछि कम्तिमा पाँच आप्रवासी डुबेका थिए । धेरै अझै बेपत्ता छन् । कोस्ट गार्डले उनीहरूलाई क्रेट टापुमा सारिएको र बेपत्ताको सङ्ख्या अझै पुष्टि भइसकेको न्यूज इन्टरनेशनलले जनाएका छन्  ।

पाकिस्तानका प्रधानमन्त्री सरिफले पनि डुङ्गा पल्टिँदा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरे  । “उहाँले भविष्यमा यस्ता घटना हुन नदिन कडा सजाय र ठोस पहल गर्नुपर्नेमा जोड दिनुभयो ।”

सन् २०२३ जुन १४ मा पाकिस्तान, सिरिया र इजिप्टका करिब ७५० जना मानिस बोकेको एउटा डुङ्गा ग्रीस नजिकैको खुला समुद्रमा डुबेको थियो । कुल यात्रुमध्ये १०४ जना बाँच्न सफल भएका छन् भने ८२ जनाको शव निकालिएका थिए  ।


प्रकाशित मिति: १ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?