काठमाडौं। जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारले अघि सारेको विवादास्पद आणविक नीति परिमार्जन र सैन्य क्षमता विस्तारको योजनाविरुद्ध टोकियोस्थित संसद भवनअगाडि करिब १० हजार नागरिकले विशाल विरोध प्रदर्शन गरेका छन् । जापानको सुरक्षा नीतिमा फेरबदल ल्याउने सरकारको पछिल्लो कदमले त्यहाँको राजनीतिक वृत्त र नागरिक तहमा तरंग पैदा गरेको छ ।
दक्षिण कोरिया। दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई विद्रोहको अभियोगमा मृत्युदण्ड दिन विशेष अभियोजन पक्षले माग गरेको छ । सन् २०२४ मा असंवैधानिक रूपमा सैनिक शासन (मार्सल ल) घोषणा गरी विद्रोह गराएको आरोपमा चलिरहेको पुनरावेदन सुनुवाइका क्रममा बिहीवार अभियोजन पक्षले मृत्युदण्डको माग गरेको हो । पूर्वराष्ट्रपति युनविरुद्ध विद्रोह तथा अन्य
चीन। चीनमा ११० वटा मानवाकार रोबोटले एकैसाथ नृत्य प्रश्तुत गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । चीनको पूर्वी शान्दोङ प्रान्तस्थित जिनान सहरमा अक्टोबर २४ मा ती रोबोटले पाँच मिनेटभन्दा लामो समयसम्म सामूहिक नृत्य प्रदर्शन गरेका हुन् । उक्त नृत्य प्रदर्शनमा कुनै पनि रोबोटलाई वास्तविक समयमा मानिसले नियन्त्रण गरेका थिएनन् ।
काठमाडौं। स्पेनमा दुई तिब्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधवार भएको भीषण रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गर्दै दुर्घटनाको कारणबारे विस्तृत र निष्पक्ष अनुसन्धान गरिने प्रतिवद्धतासमेत जनाएका छन्
भारत। भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले बुधवार चक्रवातका कारण पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् । रुख, पर्खाल तथा विद्युत्का पोल खस्दा र करेन्ट लाग्दा उनीहरूको मृत्यु भएको जनाइएको छ । चक्रवातको
काठमाडौं। ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा जित हासिल गरेका छन् । तर प्रतिष्पर्धी तथा पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले निर्वाचनको नतिजा स्वीकार गर्न अस्वीकार गर्दै चुनाव रद्ध गर्न माग गरेका छन् । ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले आइतबार राति सार्वजनिक गरेको आधिकारिक नतिजाअनुसार
चीन। चीनको सिजाङमा ७.० म्याग्निच्युडको भूकम्प गएपछि छिमेकी छिङहाई प्रान्तस्थित एक आवासीय विद्यालयका १२० विद्यार्थीलाई करिव तीन मिनेटमै सुरक्षित स्थानमा सारिएको छ । चीनको सिजाङस्थित बाकेन काउन्टीमा गएको भूकम्पपछि विद्यालयका शिक्षकहरूले तत्काल उद्धार प्रक्रिया अघि बढाएका थिए । विद्यालयका एक शिक्षककाअनुसार नियमित रूपमा सञ्चालन गरिने विपद् व्यवस्थापन अभ्यासका कारण विद्यार्थीहरूलाई
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल लागू हुने गरी ‘ऊर्जा युद्धविराम’ भएको सार्वजनिक घोषणा गरेका छन् । तर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने आफूलाई यस्तो कुनै सम्झौताको जानकारी नभएको बताउँदै आश्चर्य व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत आईतवार
काठमाडौं । मङ्गोलियामा पछिल्लो केही महिनायता आवासीय क्षेत्रमा भालु देखिने क्रम बढेको छ । राजधानी उलान बटोरलगायत विभिन्न प्रान्तमा भालुको उपस्थिति र तिनले पशुधनमाथि गरेको आक्रमणका घटनाले स्थानीय जनजीवन त्रसित बनेको छ । प्रशासनले नागरिकहरूलाई सावधानी अपनाउन र सुरक्षाका उपायहरू अवलम्बन गर्न सार्वजनिक सूचना जारी गरेको छ । मङ्गोलियाको विभिन्न
काठमाडौँ । टर्की र युक्रेनबीच लामो समयदेखि प्रतिक्षित स्वतन्त्र व्यापार सम्झौता आधिकारिक रूपमा कार्यान्वयनमा आएको छ । टर्कीको व्यापार मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने लक्ष्यसहित यो सम्झौता लागू भएको जनाएको छ । टर्कीको व्यापार मन्त्रालयकाअनुसार यो सम्झौताले दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप