Trending
>>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ?
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम


टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

काठमाडौँ । टर्की र युक्रेनबीच लामो समयदेखि प्रतिक्षित स्वतन्त्र व्यापार सम्झौता आधिकारिक रूपमा कार्यान्वयनमा आएको छ ।

टर्कीको व्यापार मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने लक्ष्यसहित यो सम्झौता लागू भएको जनाएको छ । टर्कीको व्यापार मन्त्रालयकाअनुसार यो सम्झौताले दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ र अनुमानयोग्य बनाउनेछ । हालको विश्वव्यापी आर्थिक परिवेशमा दुवै राष्ट्रका व्यवसायीहरूका लागि प्राथमिकतायुक्त व्यापारिक अवसरहरू कायम राख्न यो सम्झौताले एक बलियो नीतिगत आधार प्रदान गर्ने मन्त्रालयको विश्वास छ ।

सम्झौताको मुख्य कार्यान्वयन पक्षका रूपमा, वस्तु व्यापारमा लाग्ने भन्सार महशुलसम्बन्धी नयाँ व्यवस्थाहरू सन् २०२७ जनवरी १ देखि पूर्ण रूपमा लागू हुनेछन् । यसले दुवै देशका निर्यातकर्ता र आयातकर्ताहरूलाई स्पष्ट व्यावसायिक मार्गचित्र प्रदान गर्ने अपेक्षा गरिएको छ । स्मरण रहोस्, टर्की र युक्रेनले यस ऐतिहासिक व्यापार सम्झौतामा फेब्रुअरी ३, २०२२ मा हस्ताक्षर गरेका थिए । उक्त समयमा दुवै मुलुकले छोटो अवधिमै आफ्नो द्विपक्षीय व्यापारको आकार १० अर्ब अमेरिकी डलर पु¥याउने महत्वाकांक्षी लक्ष्य निर्धारण गरेका थिए ।

जारी गरिएको विज्ञप्तिले वर्तमान विश्व राजनीतिक र आर्थिक चुनौतीका बाबजुद पनि दुई देशबीचको आर्थिक साझेदारीलाई अघि बढाउने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।


प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?