Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

कृषि


पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

झापा। पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक

दैलेखमा धान उत्पादन घट्यो

दैलेख। दैलेखमा धान उत्पादन घटेको छ । समयमै वर्षा नहुँदा, लगाइएको धान खेतमै ढलेका कारण गत वर्षको तुलनामा धान उत्पादनमा कमी आएको छ । यस वर्ष आठ हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा २५ हजार २८ मेटिक टन मात्र धान उत्पादन भएको हो । गत वर्ष सोही क्षेत्रफलमा

भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो

९ ,मङ्सिर ,कास्की । छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा नेपालको अनुरोधमा भारतले १५ मुर्रा राँगा

भारतीय तरकारी सस्तोमा बजार आउँदा नेपाली किसान मर्कामा

८ ,मङ्सिर ,गल्याङ (स्याङ्जा)। भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानकोे तरकारीको उत्पादन लागत बढी पर्न जान्छ । उत्पादन लागत बढी पर्ने हुँदा यहाँका किसानलाई भारतीय तरकारीभन्दा नेपाली तरकारी महँगोमा बिक्री गर्नुुपर्ने बाध्यता छ । गल्याङ

गहुँको उत्पादन बढाउन किसानलाई तालिम

दोधारा चाँदनी। कञ्चनपुरको बेदकोट नगरपालिकाले गहुँको उत्पादन बढाउन किसानका लागि तालिम सञ्चालन गरेको छ । बेदकोट नगरपालिका र वैजनाथ महिला बहुद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा दुईदिने गहुँबाली उत्पादन तालिम सञ्चालन गरिएको हो । त्यस्तै, नगरपालिकाका कृषि शाखा प्रमुख देवराज बडुले गहुँ पकेट कार्यक्रम निरन्तरता अन्तर्गत गहुँको उत्पादकत्व वृद्धि गर्न किसानलाई

यसपालिको तिहारमा २४ करोड मूल्य बराबर फूलको कारोबार

काठमाडौं। यस वर्षको तिहारमा रु. २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु. २६ करोडको कारोबार भएकोमा यो वर्ष रु. दुई करोड कम कारोबार भएको हो । त्यस्तै, यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प

म्याग्दीमा स्थानीय जातका धानको उत्पादन बढ्यो

गलेश्वर,म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले यस वर्ष १७ मुरी स्थानीय जातका गौरिया र गुडुरा धान भित्र्याए । सोही गाउँपालिकाको वडा नं ५ छिसबाङका विकल सेनले पनि गत वर्षकोभन्दा दुई मुरी बढी गौरिया धान थन्क्याए । त्यस्तै, पौडेल र सेनमात्रै होइन स्थानीय जातका धानखेती गरेका म्याग्दीका धेरै किसान यस

छरुवा धानखेतीको परीक्षण सफल

बनियानी। झापामा छरुवा धान खेतीको परीक्षण सफल भएको छ । कनकाइमा साढे तीन बिघा जमिनमा गरिएको उक्त परीक्षण सफल भएको कृषि ज्ञानकेन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिएका छन् । उक्त उत्पादन लागत घटाउने उद्देश्यले कृषि ज्ञानकेन्द्रले प्रदर्शनीका रुपमा छरुवा प्रविधिबाट धानखेती गरेको थियो भने प्रतिबिघा ८० मनको हाराहारीमा धान

स्याङ्जाका किसानको आलु कम्पनीले सिधै खरिद गर्ने

वालिङ,स्याङ्जा। स्याङ्जाका किसान र आलुका परिकार बनाउने कम्पनीबीच आलु खरिद गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । आलु उत्पादन गर्ने कृषक समूह, सहकारी, कृषि ज्ञान केन्द्र स्याङ्जा, स्थानीय पालिका र फस्ट च्वाइस फुड्स प्रालि रुपन्देहीबीच यहाँ उत्पादन भएको आलु खरिद गर्ने सम्झौता भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले

भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

भोजपुर। भोजपुरमा प्राविधिक शिक्षा माध्यमिक तहमा नै प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न माध्यमिक विद्यालयले ऐच्छिक विषयका रूपमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेपछि यसप्रति विद्यार्थीको आकर्षण बढेको हो । रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेपछि वडाका अधिकांश विद्यार्थीले यो शिक्षा लिँदै

सम्वन्धित समाचारहरु