Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

गुल्मी जिल्लामा कोदो उत्पादनमा कमी


गुल्मी। गुल्मी जिल्लामा कोदो उत्पादनमा कमी आएको छ । जिल्लामा गत वर्षभन्दा यो वर्ष ११.५० प्रतिशतले उत्पादन कम भएको अनुमान कृषि ज्ञान केन्द्र गुल्मीले गरेको छ ।

त्यस्तै, पछिल्लो समयमा गाउँमा बसाइँसराइ र युवा जनशक्ति पलायन र कोदो खेती अरु खेती भन्दा झन्झटिलो भएकाले यसप्रति मानिसको आकर्षण घट्दै गएको पाइएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख भण्डारीले बताउदै बिउ छर्ने बेला खडेरी पर्नु, बीउ कम उम्रनु र रोग समेत (छिर्केमिर्के) देखिनुले कोदो उत्पादन कम भएको उनले बताएका छन् ।

गुल्मीमा यस वर्ष २ हजार ८८१ हेक्टर जग्गामा ३ हजार ३४१ दशमलव ९६ मेट्रिक टन कोदो उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । गत आर्थिक वर्ष २०७९/८० मा २ हजार ९०५ हेक्टर जग्गामा ३ हजार ७७६ दशमलव ५ मेट्रिक टन कोदो उत्पादन भएको थियो भने गुल्मीका किसानहरुले ओख्ले १, डल्ले १ र स्थानीय जातको कोदो लगाउने गरेका छन् । जिल्लामा इश्मा, मदाने, मालिका, धुर्कोट, कालिगण्डकी, चन्द्रकोट कोदो खेती हुने मुख्य क्षेत्रहरु हुन् ।

त्यस्तै, कोदो असार र साउन महिनामा रोपेर कात्तिक महिनाको अन्तिमबाट मंसिर अन्तिमसम्म भित्र्याउने गरिन्छ । स्थानीयले कोदोलाई ढिँडो, रोटी र रक्सी बनाउन प्रयोग गर्दछन् । पछिल्लो समय कोदोका परिकार सामान्यदेखि सुविधासम्पन्न तारे होटलका मेनुमा पनि पर्दै आएको छ भने पोषण र स्वास्थ्यका हिसाबले कोदो अत्यन्त लाभकारी मानिने पोषणविदहरु बताउँछन् ।

कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली हो । विश्वमा कोदोजन्य बाली उत्पादनमा भारत पहिलो नम्बरमा छ भने नेपाल १३ औं स्थानमा छ । त्यस्तै, संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेपछि नेपालले २०७९ पुस १७ गतेदेखि उक्त कार्यक्रम सन्चालनको शुभारम्भ गरेको थियो ।

त्यस्तै, गुल्मीमा कोदो खेती घट्दै गएपछि कृषि ज्ञान केन्द्रले रैथाने बाली संरक्षण अभियान चलाएको छ ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?