Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल


काठमाडौँ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा अन्तर्गतका समिति सभापतिहरुसँग छलफल गरेका ।

अध्यक्ष दाहालले बिहीवार छलफल गर्नुभएको विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिएका छन्। अध्यक्ष दाहालले छलफलमा प्रधानमन्त्री सुशिला कार्कीसँग भेट गर्नुभएको कुरा जानकारी गराउनुभएको उनले बताएका छन् । उनले राष्ट्रिय सभा अन्तर्गतका समितिहरुले गर्ने काम नियमित रुपमा गर्न निर्देशन दिएको पनि जानकारी दिएका छन् । समितिले जेनएनजी आन्दोलनमा भएका क्षति, घाईते, चाडपर्वमा हुने मंहगी लगायतको अनुगमन गर्ने पनि बताउनु भयो । प्रतिनिधि सभा नभएको बेलामा राष्ट्रिय सभाले सरकारलाई सहयोग तथा समन्वय गर्ने विषयमा छलफल भएको उनले जानकारी दिएका छन् ।

उनले भने, ‘राष्ट्रिय सभा स्थायी सदन भएकोले समितिको नियमित कामहरु जुन छन् । जस्तो वार्षिक प्रतिवेदनका कुराहरु छ, समिक्षाका कुराहरु छन् । त्यसपछि हाम्रो कार्यक्षेत्र अन्तर्गत चाहीँ अहिले भएको जुन एउटा चाहीँ संरचनाहरको ध्वस्त भएका, व्यक्तिगत घरहरु ध्वस्त भएकको छ, त्यो चाहीँ सरकारलाई तथ्यगत तथ्याङ्कहरु के हुन्छ ? जुन जेनजी पुस्ताहरु जुन आन्दोलनमा परेका छन्, उनीहरुलाई राहतको कुराहरु, क्षतिपूर्तीका कुराहरु, औषधि उपचारका कुराहरु, तीन सय भन्दा बढी चाहीँ अस्पतालमा भर्ना भएका छन् । उहाँहरुलाई चाहीँ अलिकति अनुगमन गर्ने सरकारलाई निर्देश गर्ने । त्यो उपचार गर्ने कुराहरुमा, राहत दिने कुराहरुका क्षतिपूर्ती दिने कुराहरुमा र अर्को भौतिक संरचनाको चाहीँ तथ्यगत तथ्याङक के हो ? अनुसन्धान गरेर लिएर आएर त्यसमा चाँही हेर्ने र अर्को समन्वय, सहकार्य गर्ने । यतिखेर प्रतिनिधि सभा नभएको हुनाले राष्ट्रिय सभा भएको हुनाले राष्ट्रिय सभाले सरकारलाई सहयोग पु¥याउने र संविधानलाई चाँही जति संविधानलाई कार्यन्वयन गर्ने कुराहरु छ, प्रदेश छ, स्थानिय तह छ, राष्ट्रिय सभा छ । केही नियमित कामहरु गर्ने र अर्को चाडपर्व नजिकै आएको हुनाले चाडपर्वको मुखमा जस्तो मंहगी, मूल्य जुन बढेको छ । समितिले आफ्नो कार्यक्षेत्रमा रहेर काम गर्ने भन्ने कुरा भएको छ ।’

संसद सचिवालयका उपसचिव अनन्तप्रसाद कोईरालाले राष्ट्रिय सभा अन्र्तगतका चार वटा विषयगत समितिहरु हाल सक्रिय अवस्थामा रहेको जानकारी दिएका छन् । विशेष परिस्थितिमार्फत चुनावी सरकारले बनेको अवस्थामा समितिले के कसरी सहयोग, सहजीकरण गर्र्ने भन्ने बारेमा छलफल भएको उनले बताए । चार वटै समितिका सभापति, समिति सचिव र राष्ट्रियसभा सचिवसहितको अनौपचारिक बैठक बसेको उनको भनाई छ ।


प्रकाशित मिति: २ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?