Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल


काठमाडौँ। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी षड्यन्त्रपूर्ण रहेको टिप्पणी गरेका छन् ।

बिहीवार च्यासलस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । एमालेले विधान महाधिवेशनमार्फत जेन–जी पुस्ताका मागहरु सम्बोधन गर्नेगरी वक्तव्य सार्वजनिक गरेको भएपनि योजनावद्ध ढंगले राज्यका महत्वपूर्ण निकाय र राजनीतिक दलका कार्यालयहरूमाथि आगजनी गरिएको उनको भनाइ छ । उनले राज्य संरचना र पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्नुमा बहुदलीय लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गर्ने तत्वहरू तथा व्यवस्था विरोधीको हात रहेको दाबी गरेका छन् । उनले आन्दोलनको नाममा भएको विध्वंस र आगजनीको सबै मिलेर विरोध गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘जेन–जी पुस्ताका मागहरुलाई सम्बोधन गरिनुपर्छ भन्ने पार्टीको तर्फबाट जारी भएका वक्तव्यहरुमा हामीले उल्लेख गरेका थियौं । तर त्यसको भोलिपल्ट जुन बितण्डा मच्चाइयो त्यो एकदमै षड्यन्त्रपूर्ण छ भन्ने मलाई लाग्छ । र त्यही शिलशिलामा राज्यका महत्वपूर्ण संस्थाहरुमाथि आगजनी भयो । जननिर्वाचित प्रतिनिधि संस्थाहरुमाथि आगजनी भयो । विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमाथि पनि आगजनी भयो, ध्वस्त बनाइए । यही क्रममा हाम्रो पार्टी कार्यालय पनि जलाइएको छ । र यहाँ रहेका बहुमूल्य चिजहरु कुनैपनि बाँकी रहेका छैनन् । यो के देखिन्छ भन्दा बहुदलीय लोकतान्त्रिक प्रणालीलाई नसहने तत्वहरुको यसमा हात छ भन्ने अन्दाज गर्न सकिन्छ । होइन भने यस्तो विध्वंसको कुनै आवश्यकता देखिँदैन । यो निकै षड्यन्त्रपूर्ण छ, अपराधिक छ । यसको हामी सबै मिलेर विरोध र भत्र्सना गर्नुपर्छ । र हामी नयाँ ढंगले उच्च मनोबलका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

अब पार्टीलाई नयाँ ढंगले उच्च मनोबलका साथ अगाडि बढाउनुपर्ने आवश्यकता रहेको समेत बताएका छन् ।


प्रकाशित मिति: २ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?