Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह


काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही हुनुपर्ने बताएका छन् ।

जेन जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको चाक्सीबारीस्थित निजी निवासको अनुगमन एवं निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सिंहले यस्तो माग गरेका हुन् । उनले गणेशमान सिंहको घरलाई राजनीतिक व्यक्तित्वहरुले राजनीतिक मन्दिरको रुपमा लिने गरे पनि अहिले आगजनी र तोडफोड गरी नष्ट पारिएकोप्रति चिन्ता व्यक्त गरेका छन्  ।

उनले जेन जीले इतिहास मेटाउन आन्दोलन नगरेको तर जेन जीको आवरणमा अराधिक मनशाय बोकेका व्यक्तिहरुले यस्तो क्रियाकलाप गरेको आरोव लगाएका छन् । उहाँले ०४६ को परिवर्तन ल्याउनमा चाक्सीबारीले खेलेको भुमिकालाई अब अहिले जलाइएकोप्रति दुःख व्यक्त गरे । किसुनजीको आश्रम, विराटनगरस्थित कोईराला निवास लगायत काँग्रेसका पुराना इमान्दार नेताहरु बस्ने घरहरु जलाइएको बताएका छन् । आफूहरु विधिको शासनको लागि लडिरहेको भन्दै उनले विधिको शासन स्थापित गर्न विधिअनुसार आगजनी र तोडफोड गर्नेमाथि कारबाही हुनुपर्ने बताएका छन् । आन्दोलनको काममा सहादत प्राप्त गर्नेहरुमा श्रद्धाञ्जली अर्पण गरेका छन्  । समयको माग बमोजिम दलहरु संस्थागत गरेर अघि बढ्न जरुरी रहेको बताउँदै शुन्यतामा कसैले पनि केही गर्न नसक्ने बताएका छन् ।

उनले भने, ‘धेरैले गणेशमानजीको घर भएकाले यसलाई राजनीतिक मन्दिरको रुपमा लिने गर्नुहुन्छ । मलाई पनि धेरैले भन्नुभएको छ । कतैबाट काम नभएपछि बुबा आमको जस्तो गरी आउने ठाउँ यही हो । अहिले पनि अरु ठाउँमा जान्छ जान्छ, अन्तिममा केही नभएपछि आउने ठाउँ यहि हो । जेन जीले इतिहास मेटाउनुपर्छ भनेर गरेको होइन । तर घुसपैठ भयो । २०४६ को जनआन्दोलन शुरु गर्ने ठाउँ यही हो । ०४६ को परिवर्तन ल्याउनमा चाक्सीबारीले खेलेको भुमिकालाई अब अहिलेको मुभमेण्टको समयमा जलाइएको छ । नेपाली काँग्रेसका इमान्दार नेताहरुलाई सम्मान गर्ने ठाउँ हो । काँग्रेसका इमान्दार नेताहरु बस्ने घरहरु जलाइएको छ । के गर्न खोजेको भन्ने स्पष्ट छ । हामी विधिको शासनका लागि लढेका हौँ । विधिअनुसार आगजनी र तोडफोडको छानविन हुनुपर्छ । क्षति धेरै भएको छ । स्वच्छ किसिमका मान्छेहरुलाई हतोत्साही गर्न हातपात गर्ने र घर जलाउने काम गरिएको छ । बस्ने ठाउँ नभएपनि दुःख होला । तर यसको राम्रोसँग छानविन होस् । आन्दोलनको काममा सहादत प्राप्त गर्नेहरुमा श्रद्धाञ्जली अर्पण गर्दछु, परिवारजनमा समवेदना प्रकट गर्दछु । दलहरुलाई मिनिमाइज गर्ने दुष्प्रयास गरिएको छ । यो डेमोक्रेसीमा दलहरुको भुमिका महत्वपूर्ण हुन्छ । समयको माग बमोजिम दलहरु संस्थागत गरेर अघि बढ्नुपर्छ । मिलेरै देश बनाउने हो । राज्यविरुद्ध दुष्प्रयास गरिएको छ । जलाएर केही हुने होइन । शुन्यतामा कसैले केही गर्न सक्दैन ।’

नेता सिंहले आगजनी र तोडफोड गर्नेमाथि प्रमाणसहित छानविन गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।


प्रकाशित मिति: २ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?