Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ : राप्रपा


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै राजनीति शक्तिहरुबीच नयाँ समभmदारी कायम गरेर अघि बढ्न प्रश्ताव गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशमा फेरि कसैले कहिल्यै द्वन्द्व गर्न नपाउने गरी र कसैले पनि आफूलाई उपेक्षित गर्न नपाउने नयाँ समझदारी कायम हुनुपर्ने माग राखेका छन् । उनले देशमा यति ठूलो समस्या हुँदा संसदले समाधान गर्न नसक्नुले नै संसद असफल भएको पुष्टि हुने जिकिर गरे । संसद पुनः स्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु रहेको बताए । अहिलेको जेन जी विद्रोहले ल्याएको सबैभन्दा ठूलो परिवर्तन पुस्तान्तरण भएको बताए । राप्रपाले अन्तरिम सरकारले लिने निर्णय र चाल्ने कदमका आधारमा शतर्कतापूर्वक आफ्नो दृष्टिकोण तय गर्दै जाने बताएको छ । राप्रपाले भ्रष्टाचारी र जेनजी आन्दोलनका नरसंहारकर्तालाई कारबाही हुनुपर्ने माग गरेको छ । सरकार मात्रै परिवर्तन गरेर जेन जीको बलिदान सफल र पूर्ण नहुने स्पष्ट पारेको छ ।

उनले भने, ‘यो सरकारले सबै राजनीति शक्तिहरुका बीचमा एउटा नयाँ समझदारी कायम गरेर देशमा फेरि कसैले कहिल्यै द्वन्द्व गर्न नपाउने गरी र कसैले पनि आफूलाई उपेक्षित गर्न नपाउने नयाँ समझदारी बनाउनैपर्दछ । त्यो नै मुलुकको विकास हो । राष्ट्रिय प्रजातन्त्र पार्टी त्यो पहिलो पार्टी हो, जसले यो संविधानले काम गरेन, यो संविधानले यो देशको समस्या समाधान गर्न सक्दैन, यो संसदको पनि औचित्य समाप्त भयो । किनभने देशमा यति ठूलो समस्या आउँदा संसदले निकास दिन सकेन । संसद देश बर्बादीको साक्षी मात्रै बन्न थाल्यो, यसको औचित्य छैन भनेर राजीनामा दिएको राप्रपाले यही संसद पुनः स्थापनको परिकल्पना गर्दैन । संसद पुनः स्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु हो । अहिलेको जेन जी विद्रोहले ल्याएको सबैभन्दा ठूलो परिवर्तन भनेको पुस्तान्तरण हो । नेपालको राजनीतिमा साढे तीन दशकदेखि नेतृत्व गर्दै आएको जबरजस्त पुस्तालाई जबरजस्त विस्थापन गरेको छ ।’

अध्यक्ष लिङदेनले राजा आउने सम्भावना अत्यन्त प्रवल बनेको बताएका छन् । उनले जेन जी पुस्ताले गरेको आन्दोलन राजा ल्याउनका लागि नभइ भ्रष्टाचार र बेथितिका विरुद्ध भएको पनि बताएका छन् । आन्दोलनले नेपालमा दीर्घकालीन स्थायित्वका लागि, समृद्धि, श्रीवृद्धि र नेपाललाई वैदेशिक हस्तक्षेपबाट जोगाउनका लागि राजसंस्था आवश्यक रहेको पुष्टि भएको बताएका छन् । चाँडै नेपाली जनताले महशुस गरेर राजनीतिक र नेपाली जनताले राजसंस्थालाई अभिभावकीय रुपमा पुनःस्थापित गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । सबै शक्तिहरुका बीचमा नयाँ समझदारी गरेर देश निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

अध्यक्ष लिङदेनले प्रदेश सरकारमा पनि राप्रपा सांसदहरुले राजीनामा दिने बताएका छन् । प्रदेश सभा खारेज भएर जानुपर्ने बताए । एउटा सरकार परिवर्तन गर्नेकुरा मात्रै आन्दोलनको उद्देश्य नभएको बताए । अन्तरिम सरकार आफैँ संविधान बाहिरबाट आएपछि संविधान मरिसकेको बताए । अहिलेको सरकारले आँट गरेर जेन जी आन्दोलनको भावनाअनुसार प्रणालीमै सुधार गर्ने आँट गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?