Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट


काठमाडौँ। नेपालका लागि अमेरिकी राजदुत डिन आर.थम्पसन र नेपालका लागि चिनियाँ राजदुत छन सोङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचा भेटवार्ता गरेका छन् ।

बिहीवार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दुवै देशका राजदुतसँग प्रधानमन्त्री कार्कीले शिष्टाचार भेटवार्ता गरेका हुन्। जेन जी आन्दोलनपछि गठित अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग विभिन्न देशका राजदुतहरुले भेट गर्ने क्रम जारी छ । यसअघि पनि भारतीय राजदुत नविन श्रीवास्तव लगायतले प्रधानमन्त्री कार्कीसँग भेट गरेका थिए ।

बिहीवार नै प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन्। सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकासका लागि भारत सधैँ सहयोग गर्ने बताएका छन् । नवनियुक्त प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतहरुले नेपालको वृहत्तर हितमा आफ्नो देशले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । साथै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?