Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल


काठमाडौँ। नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सरकार र निजी क्षेत्रको सहकार्यबाट जेन जी प्रदर्शनका क्रममा भएको क्षतिको पुनर्निर्माण गरिने बताएका छन्  ।

हिलटेक समूहले बिहीवार नेपाल प्रहरीलाई सहयोग हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । आन्दोलनका क्रममा धेरै क्षति भएको उल्लेख गर्दै  उनले यसको छिट्टै पुनर्निर्माण सम्पन्न गरेर सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्  । त्यसको लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको उनले बताए । उनले निजी क्षेत्रमा पनि क्षति पुगेको बताए  । पुनर्निर्माणमा सहयोग गर्न उनले निजी क्षेत्र र युवाहरुलाई आग्रह गरे । धेरै ठाउँहरुमा निजी क्षेत्रले स्वतःस्फुर्त रुपमा सरकारी कार्यलय तथा प्रहरी चौकीहरु पुनर्निर्माणमा सहयोग गरिरहेको पनि बताएका छन्  ।

उनले भने, ‘निजी क्षेत्रले जुन खालको सहयोग गर्ने उत्साह देखाएको छ, धेरै ठाउँहरुमा यो प्रहरी चौकीहरु र सरकारी कार्यलयहरु स्वस्फुर्त हिसावमा चाहीँ बनाउने अभियान पनि शुरु भएको छ । काठमाडौँकै धेरै ठाउँहरुमा निजी क्षेत्रबाट जिम्मा लिएर पनि कामहरु भइरहेको छ । म सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । धेरै क्षति छ, तपाईहरुले देखिरहनुभएको छ । म के आग्रह गर्न चाहन्छु भने । यसैगरी यो पुनर्निर्माण हामीले छिट्टै गर्नुपर्नेछ । सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेछ । यसलाई सबै क्षेत्रबाट विशेषगरी निजी क्षेत्रमा पनि क्षति छ, तरपनि सरकार र निजी क्षेत्रको समन्वयमा यो पुनर्निर्माणलाई चाहीँ छिटो भन्दा छिटो सक्नुपर्ने भएको हुनाले यसैगरी सहयोगका हातहरु बढाईदिन र सरकारसंग सहकार्य गरेर अगाडी बढ्नको लागी म सबैसंग आग्रह गर्न चाहन्छु । र विशेषगरि युवा पुस्ताहरुले जुन कुरा उठाईराख्नुभएको छ, उहाँहरुलाई पनि यो अभियानमा सरिक हुनको लागी सरकारको तर्फवाट म हार्दिक आग्रह गर्न चाहन्छु ।’

उनले हिलटेक समूहले सरकारलाई १०० वटा पानी ट्याङ्की र ५०० वटा ट्राफिक कोन उपलब्ध गराएको पनि जानकारी दिएका छन् । हिलटेक समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत एक हजार लिटर क्षमताका १ सय वटा पानी ट्याङ्की, ५ सय थान ट्राफिक कोन र अन्य सामग्री उपलब्ध गराएको समुहका अध्यक्ष कमल जैनले जानकारी दिएका छन्  ।


प्रकाशित मिति: २ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?