Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

आन्तरिक राजस्व विभागले भन्यो : स्वदेशमै उत्पादित आलु-प्याजमा भ्याट लाग्दैन


काठमाडाैं। आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै उद्योगी व्यवसायीले चार दिनदेखि ती वस्तुको कारोबारमा हड्ताल गरेपछि विभागले शुक्रबार यस्तो प्रष्टोक्ति दिएको हो ।

एक विज्ञप्ति जारी गर्दै विभागले आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भन्ने विषयलाई लिएर आपूर्ति असहज बनाइएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ भने स्वदेशी उत्पादन अभिवृद्धि गर्न भ्याटको व्यवस्था गरिएको भन्दै विभागले आन्तरिक उत्पादनको बिक्रीमा भ्याट नलाग्ने प्रष्ट्याएको छ ।

‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरूप नेपालमा उत्पादन भएका आलु, प्याजमा मूल्य अभिवृद्धि कर नलगाइएको र नलाग्ने ब्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ विभागले विज्ञप्तिमा भनेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा। प्रकाशशरण महतले आयात हुने आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेका थिए । नेपालमा भारतबाट प्याज र बङ्गलादेशबाट आलु आयात हुन्छ ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?