Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

आन्तरिक राजस्व विभागले भन्यो : स्वदेशमै उत्पादित आलु-प्याजमा भ्याट लाग्दैन


काठमाडाैं। आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै उद्योगी व्यवसायीले चार दिनदेखि ती वस्तुको कारोबारमा हड्ताल गरेपछि विभागले शुक्रबार यस्तो प्रष्टोक्ति दिएको हो ।

एक विज्ञप्ति जारी गर्दै विभागले आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भन्ने विषयलाई लिएर आपूर्ति असहज बनाइएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ भने स्वदेशी उत्पादन अभिवृद्धि गर्न भ्याटको व्यवस्था गरिएको भन्दै विभागले आन्तरिक उत्पादनको बिक्रीमा भ्याट नलाग्ने प्रष्ट्याएको छ ।

‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरूप नेपालमा उत्पादन भएका आलु, प्याजमा मूल्य अभिवृद्धि कर नलगाइएको र नलाग्ने ब्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ विभागले विज्ञप्तिमा भनेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा। प्रकाशशरण महतले आयात हुने आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेका थिए । नेपालमा भारतबाट प्याज र बङ्गलादेशबाट आलु आयात हुन्छ ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?