Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

उत्पादन वृद्धि गर्न माटोलाई गुणस्तरीय बनाउनुपर्छ


१९ ,मङ्सिर ,काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले विभिन्न प्रकोपका कारण माटोको उर्बरा घट्दै गएकाले माटोलाई शतप्रतिशत शुद्ध बनाउनुपर्ने बताएका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) द्वारा १०औँ विश्व माटो दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नेपाली माटोको गुणस्तरलाई उच्च राख्न कृषि भूमिको अनुपयुक्त प्रयोगलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।

माटोमा रासायनिक मलभन्दा नदी खोलामा बगेको मलिलो पानी खेतबारीमा प्रयोग गर्न सके माटो सुधार हुने उनको भनाइ छ । मुलुकमा समृद्धि कायम गर्न उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै मन्त्री भुसालले त्यसका लागि माटोको गुणस्तरमा ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।

कृषि उत्पादन, उत्पादकत्व वृद्धि गरी कृषकको आय वृद्धि, आर्थिक समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखेर राष्ट्रिय कृषि नीति छिट्टै ल्याउने तयारी भइरहेको बताउँदै उहाँले उक्त नीतिले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरे ।

साना किसानलाई संरक्षण गर्न उनीहरुको उत्पादनलाई मूल्य श्रृङ्खलामा जोड्ने बताउँदै उहाँले मूल्य श्रृङ्खलाबाट कृषि वस्तुको बजारीकरणको खाँचो औँल्याए ।

नार्कअन्तर्गत माटो विज्ञान अनुसन्धान केन्द्रले विभिन्न कार्यक्रम गरी ‘माटो र पानी, जीवनको थालनी’ भन्ने नाराका साथ माटो दिवस मनाएको छ ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?