Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

उत्पादन वृद्धि गर्न माटोलाई गुणस्तरीय बनाउनुपर्छ


१९ ,मङ्सिर ,काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले विभिन्न प्रकोपका कारण माटोको उर्बरा घट्दै गएकाले माटोलाई शतप्रतिशत शुद्ध बनाउनुपर्ने बताएका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) द्वारा १०औँ विश्व माटो दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नेपाली माटोको गुणस्तरलाई उच्च राख्न कृषि भूमिको अनुपयुक्त प्रयोगलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।

माटोमा रासायनिक मलभन्दा नदी खोलामा बगेको मलिलो पानी खेतबारीमा प्रयोग गर्न सके माटो सुधार हुने उनको भनाइ छ । मुलुकमा समृद्धि कायम गर्न उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै मन्त्री भुसालले त्यसका लागि माटोको गुणस्तरमा ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।

कृषि उत्पादन, उत्पादकत्व वृद्धि गरी कृषकको आय वृद्धि, आर्थिक समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखेर राष्ट्रिय कृषि नीति छिट्टै ल्याउने तयारी भइरहेको बताउँदै उहाँले उक्त नीतिले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरे ।

साना किसानलाई संरक्षण गर्न उनीहरुको उत्पादनलाई मूल्य श्रृङ्खलामा जोड्ने बताउँदै उहाँले मूल्य श्रृङ्खलाबाट कृषि वस्तुको बजारीकरणको खाँचो औँल्याए ।

नार्कअन्तर्गत माटो विज्ञान अनुसन्धान केन्द्रले विभिन्न कार्यक्रम गरी ‘माटो र पानी, जीवनको थालनी’ भन्ने नाराका साथ माटो दिवस मनाएको छ ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?