काठमाडौँ। सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताएका छन् । “औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ”, उनले भने ।
ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताउनुभएको छ । कोन्ज्योसोम गाउँपालिकाद्वारा आज आयोजित त्रिमूर्ति प्रतिमा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सरकारको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताउनुभयो । उहाँले नीति तथा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका समुदाय जलवायु परिवर्तनको सबैभन्दा खराब र जोखिमपूर्ण अवस्थामा रहेको बताउनुभएको छ । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु प्रेरित प्रकोप र अन्य प्रभावले पर्वतीय जीवनशैली प्रभावित भएको बताउनुभएको
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विमस्टेकले जलवायु परिवर्तन र हिमाल जोगाउने साझा मुद्दालाई गम्भिरतापूर्वक लिन आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका विमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार गर्नुभएको शिष्टाचार भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । “हिमालदेखि सागरसम्म यो क्षेत्रकै मानिसको जीवन गासिएको छ,
चितवन। भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ । महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध बढी दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेललले जानकारी दिएका छन् । करेसाबारीका लागि हिउँदे र वसन्ते
सुनसरी । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आज एक कार्यक्रमकाबिच उक्त बस्तीमा निर्माण भएको भवन परिवारलाई हस्तान्तरण गर्नुभएको हो । त्यहाँस्थित भूमिहीन दलित/आदिवासी जनजाति तथा अति विपन्न
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्क र ट्राफिक आइल्याण्डको सरसफाइ र सुन्दरताका लागि ११० जना जनशक्ति परिचालन गरेको छ । उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले ‘श्रम बैङ्क’ बाट श्रमिक लिएर परिचालन गरेको हो । । ‘श्रम बैङ्क’ ले आफूसँग सूचीकृत जनशक्तिमध्येबाट मागअनुसार पठाएको हो । महानगरपालिकाभित्र ११२ वटा पार्कको विवरण छ
एजेन्सी । हिन्दु धर्ममा तुलसीको बिरूवालाई एकदमै महत्व दिइएको छ । त्यसरी नै आयुर्वेदमा पनि यसको महत्व धेरै नै भएको पाइन्छ । यसलाई घरमा लगाउँदा शुभ फल पाइने भन्ने मान्यता पनि छ । वास्तुशास्त्रअनुसार यसलाई सुख–समृद्धि र वैभव लिएर आउने बिरूवा मानिन्छ । कतिपयले घरमा धेरै नै तुलसीका बिरूवाहरू लगाएका
हाम्रो वरिपरि धेरै खालका रूख र बोटबिरुवा छन् । तर ती रूख र बिरुवाहरूबारे हामी पूर्णरुपमा जानकार छैनौँ । हाम्रो वरिपरि औषधीय दृष्टिकोणले निकै प्रभावकारी बोटबिरुवाहरू पनि छन् । तिनै मध्ये एक हो रुख कटहर । कटहरले रक्तचाप, हृदयाघात लगायत धेरै रोग निको पार्छ भन्छन् । मधुमेहका रोगीका लागि पनि
काठमाडाैं । फर्सी जस्तो फल्ने काक्रो अहिले चीनले यस्तो काक्रो उत्पादन गरिरहेको रहेछ । यस सम्बन्धि थप अध्यन गरेर नेपालको हावापानीमा उत्पादन गर्न कति सहज रहेछ भन्ने अध्ययन भइरहेकाे छ ।