Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

वन क्षेत्रलाई रोजगारी, जीविकोपार्जन र आयसँग जोड्न सरकार क्रियाशील छः मन्त्री ठकुरी


काठमाडौँ। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई रोजगारी, जीविकोपार्जन र आयसँग जोड्न सरकार लागिपरेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुले सोधेका मौखिक प्रश्नहरुको जवाफ दिँदै मन्त्री ठकुरीले वन तथा वातावरण मन्त्रालयले प्रदेश सरकारहरुसँग समन्वय गर्दै सामुदायिक वन व्यवस्थापन, निजी वन प्रवद्र्धन, कबुलिटी वन व्यवस्थापन र गैरकाष्ठ वन पैदावारमा आधारित हरियाली रोजगार कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएका छन् । उनले काठ प्रशोधनमा समेत निवी क्षेत्रको सहभागिता बढाउन सरकार क्रियाशील रहेको बताए । काठ र दाउराको उत्पादन बढाएर आन्तरिक आपूर्ति सुनिश्चित गर्ने तथा वन पैदावारको आपूर्ति र वितरण प्रक्रियालाई सहज बनाउन काठजन्य उत्पादनको विक्री–वितरणमा एकद्धार प्रणाली लागु गरिएको मन्त्री ठकुरीको भनाइ छ ।

उनले भने, ‘वन क्षेत्रलाई रोजगारी, जिविकोपार्जन र आयआर्जनसँग जोड्न वन तथावातावरण मन्त्रालयले प्रदेश सरकारहरुसँगको समन्वयमा सामूदायिक वन व्यवस्थापन, निजी वन प्रवद्र्धन कबुलिटी बन व्यवस्थापन र गैरकास्ट वन पैदावारमा आधारित हरियाली रोजगार कार्यक्रम र काठ प्रशोधनमा निजी क्षेत्रको सहभागि अभिवृद्धि गर्नेगरी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । काठ, दाउराको उत्पादन बढाइ आन्तरिक आपूर्ति गर्न तथा वन पैदावार आपूर्ति र वितरण प्रक्रियालाई सहज बनाउन काठजन्य पैदावारको विक्री वितरणमा एकद्धार प्रणाली अवलम्बन गर्ने, जिल्ला वन पैदावार आपूर्ति समितिलाई सबल बनाउने र काठ उपलब्धता सहज गराउने सबै वन पैदावारको सूचिकरणसहित विद्युतीय अभिलेख अनिवार्य राख्ने र कानूनी तथा प्राविधि व्यवस्था गर्ने काम सरकारले गर्दै आएको छ ।’

मन्त्री ठकुरीको वन क्षेत्रलाई केवल संरक्षणको दृष्टिकोण मात्र नभई रोजगार र आर्थिक अवसरसँग जोड्नुपर्ने आवश्यकताका आधारमा सरकारले कार्य अघि बढाएको बताएका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?