Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

वन क्षेत्रलाई रोजगारी, जीविकोपार्जन र आयसँग जोड्न सरकार क्रियाशील छः मन्त्री ठकुरी


काठमाडौँ। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई रोजगारी, जीविकोपार्जन र आयसँग जोड्न सरकार लागिपरेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुले सोधेका मौखिक प्रश्नहरुको जवाफ दिँदै मन्त्री ठकुरीले वन तथा वातावरण मन्त्रालयले प्रदेश सरकारहरुसँग समन्वय गर्दै सामुदायिक वन व्यवस्थापन, निजी वन प्रवद्र्धन, कबुलिटी वन व्यवस्थापन र गैरकाष्ठ वन पैदावारमा आधारित हरियाली रोजगार कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएका छन् । उनले काठ प्रशोधनमा समेत निवी क्षेत्रको सहभागिता बढाउन सरकार क्रियाशील रहेको बताए । काठ र दाउराको उत्पादन बढाएर आन्तरिक आपूर्ति सुनिश्चित गर्ने तथा वन पैदावारको आपूर्ति र वितरण प्रक्रियालाई सहज बनाउन काठजन्य उत्पादनको विक्री–वितरणमा एकद्धार प्रणाली लागु गरिएको मन्त्री ठकुरीको भनाइ छ ।

उनले भने, ‘वन क्षेत्रलाई रोजगारी, जिविकोपार्जन र आयआर्जनसँग जोड्न वन तथावातावरण मन्त्रालयले प्रदेश सरकारहरुसँगको समन्वयमा सामूदायिक वन व्यवस्थापन, निजी वन प्रवद्र्धन कबुलिटी बन व्यवस्थापन र गैरकास्ट वन पैदावारमा आधारित हरियाली रोजगार कार्यक्रम र काठ प्रशोधनमा निजी क्षेत्रको सहभागि अभिवृद्धि गर्नेगरी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । काठ, दाउराको उत्पादन बढाइ आन्तरिक आपूर्ति गर्न तथा वन पैदावार आपूर्ति र वितरण प्रक्रियालाई सहज बनाउन काठजन्य पैदावारको विक्री वितरणमा एकद्धार प्रणाली अवलम्बन गर्ने, जिल्ला वन पैदावार आपूर्ति समितिलाई सबल बनाउने र काठ उपलब्धता सहज गराउने सबै वन पैदावारको सूचिकरणसहित विद्युतीय अभिलेख अनिवार्य राख्ने र कानूनी तथा प्राविधि व्यवस्था गर्ने काम सरकारले गर्दै आएको छ ।’

मन्त्री ठकुरीको वन क्षेत्रलाई केवल संरक्षणको दृष्टिकोण मात्र नभई रोजगार र आर्थिक अवसरसँग जोड्नुपर्ने आवश्यकताका आधारमा सरकारले कार्य अघि बढाएको बताएका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?