Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

घरघरको शोभा र औषधि तुलसी !


सम्माेद आचार्य। देवीको स्वरूप मानिने सुगन्ध र शोभायुक्त तुलसी घरमा रोप्नुका मानसिक शारीरिक लाभ पनि धेरेै छन्। बिहान बेलुका चीसो हुन थालेकाले रुघाखोकि र विषाणु (भाइरस्ले हुने )ज्वरो फैलिने समयमा साधारण घरेलु उपचार र आहार विहारमा ध्यान दिने हो भने स्वास्थ्य, समय र धनको पनि बचत हुञ्छ र दु:ख पाउनबाट बचिञ्छ। तुलसीको मठ हामि सबैको घरमा छदैं छ।

इनै तुलसीका पात, अनि २-४ मरिच राखेर पानी उमाल्ने मनतातो पिउने गर्नाले ज्वरो सञ्चो हुन सहयोग पुग्छ। तुलसीको पातको रस र सबैको भान्सामा हुने अदुवाको रस केहि थोपा एक् चम्चा महमा मिसाई चाट्दै गर्नाले पनि रुघाखोकीमा धेरै लाभ हुञ्छ । तुलसीका नाम र गुण धेरै छन् ।

तुलसी सुरसा ग्राम्या सुलभा बहुमञ्जरी।
दीपनी कुष्ठकृच्छ्रास्रपार्श्वरुक्कफवातजित्।

तुलसी सुरसा ग्राम्या सुलभा बहुमञ्जरी ई तुलसीका नाम हुन्। भोक जगाउने छालाका रोग पिसाबमा कठिनाइ रगतका समस्या कोखा दुख्ने समस्य कफ बढेको र वातरोगहरुको पनि नाश गर्ने तुलसीका मुख्य औषधीय गुण हुन्।


प्रकाशित मिति: ५ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?