Trending
>>   सडक र खोला मापदण्ड खारेजको माग गर्दै र्‍याली >>   बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय >>   नेपाल–भारत सैन्य सहकार्य वार्ता आज >>   भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किंदा ५ जनाको मृत्यु >>   आज मन्त्रिपरिषद् बैठक बस्दै >>   प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति >>   पूर्व राजा ज्ञानेन्द्र शाह हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुने >>   काठमाडौँको बालकुमारीमा विद्युत चुहावट भएर आगलागी >>   मेनुकाको आवाजमा ‘तिमी मेरो पारुहाङ’ >>   कस्तो रहला आज देशभरको मौसम ?
Logo
६ मंसिर २०८१, बिहीबार
६ मंसिर २०८१, बिहीबार

बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय


काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ ।

गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताएका छन् ।

वास्तविक किसानको नोक्सानीको विवरण सङ्कलन भएपछि उनीहरुलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ ।

सूचना अधिकारी जोशीका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चक जिल्लामा क्षति भएको छ । बाढीबाट रु छ अर्बको क्षति भएको मन्त्रालयको अनुमान छ ।


प्रकाशित मिति: ६ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?