Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

इच्छाकामनाले निर्माण गर्‍यो चिस्यान केन्द्र


काठमाडौँ। इच्छाकामना गाउँपालिकाले २० लाख लागतमा चिस्यान केन्द्र निर्माण गरेको छ।

कृषि उपजलाई भण्डारण गर्न लागि वडा नम्बर ३ स्थित फिस्लिङमा रहेको कृषि भवनमा गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गरेको हो। चिस्यान केन्द्र अभावमा किसानले सस्तोमा सागसब्जी तथा फलफूल बेच्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले केन्द्र निर्माण गरेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए। सानको माग र आवश्यकताका आधारमा भविष्यमा पनि चिस्यान केन्द्र निर्माण गर्ने उनले बताए।

अध्यक्ष गुरुङका अनुसार कृषिजन्य उत्पादनको सङ्कलन तथा बिक्रीका लागि कृषि भवन निर्माण गरिएको हो। उक्त भवनमा स्थानीय दुईवटा कृषि सहकारी र कृषि समूहसँग सहकार्य गरेर सागसब्जी बिक्रीको व्यवस्था मिलाइएको छ। सो स्थानमा केन्द्र निर्माण भएको हो ।

निकट भविष्यमा सहकारीमार्फत किसानलार्ई बीउबिजन मल र आवश्यक औजार सुपथ मूल्यमा उपलब्ध गराइने अध्यक्ष गुरुङले बताए। कृषि भवनमा कोसेलीघर पनि सञ्चालन गरिने भएको छ।


प्रकाशित मिति: १६ कार्तिक २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?