Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

विश्वको कुनैपनि देशमा कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानूनी व्यवस्था छैनः नेम्वाङ


काठमाडौँ। नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विश्वको कुनैपनि देशमा नभएको कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानूनी व्यवस्था नरहेको तर नेपालमा मात्रै रहेको बताएका छन् ।

बुधवार बसेको कानून न्याय तथा मानवअधिकार समितको बैठकमा उनले नेपालमा यस्तो व्यवस्था देखेर आफू आश्चर्यमा परेको समेत बताएका छन् । उनले कारागारमा कैदीबन्दीलाई नै नाईके, भाईनाईके चौकीदार राख्ने व्यवस्थाको बारेमा जानकारी पाएपछि आफूले अन्य देशका कानूनहरुको खोजी गरेको बताएका छन् । तर कुनैपनि ठाउँमा कानूनी व्यवस्था नै गरेर कारागारमा नाईके, भाईनाईके र चौकीदार राखिएको नपाईएको उनले जानकारी दिएका छन्। नेपालमा भने यसलाई कानूनी मान्यता नै दिएर राखिएको उनको भनाई छ । कारागार सम्बन्धी नियमावलीको दफा ५३ मा यसको व्यवस्था गरिएको उनले बताए । कानून बनाउने, नियमावली निर्माण गर्ने त्यहाँभित्र व्यवस्थापन गर्न सहजिकरण हुने सोचेर बनाएको हुनसक्ने भन्दै उनले तर यसले विकृति ल्याएको बताएका छन् । नाईके, भाईनाईके चौकीदारहरुले कारकारभित्र सबैलाई दमन गरेर राख्ने गरेको पाइएको उनको भनाई छ । अझ उनीहरुलाई थप सेवा सुविधा समेत उपलब्ध गराईने गरेको पाईएकोले आफु अलिअलि आश्चर्यमा परेको पनि बताएका छन् ।

उनले भने, ‘जुन तरिकाको नाईके, भाईनाईके चौकीदारको कुरा छ । मैले विश्वको धेरै ठाँउहरुको रिर्सच गरे । कुनैपनि ठाउँमा कानून नै लेखेको चाहीँ छैन । तर हाम्रो नियमावलीमा दफा ५३ मा यसको व्यवस्था गरिएको रहेछ । हुनत कानुन बनाउनेले, नियमावली निर्माण गर्नेले सोचेर नै गर्नुभयो होला । उहाँको आसय के थियो होला त भन्दाखेरी त्यहाँभित्र व्यवस्थापन गर्न सहजिकरण हुन्छ है भनेर बनाउनुभएको होला । तर यसले एउटा विकृति ल्याएको छ । यहाँ नाईके, भाईनाईके चौकीदाहरुले यस्तो तरिकाले त्यहाँ भित्र दमन गरेर राखेको कुराहरु पनि हामीले सुन्नमा आएको छ । त्यही कारणले गर्दाखेरी हामी सबैले जुन नियमावली बनाएका छौँ, त्यहाँबाट उनीहरुलाई हामीले निश्चित सेवा सुविद्या दिईरहेका रहेछौँ भन्ने कुरा जब मैले थाहा पाए, त्यसले गर्दाखेरी म अलिअलि यसमा आश्चर्य छु ।’

उनले कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने व्यवस्थालाई पुनःविचार गर्नुपर्नेमा जोड दिएका छन् । उनले कैलाली कारागारको घटना आकस्मिक रुपमा नभएको पनि बताए । त्यसअघि पनि त्यहाँको कारागारको सुरक्षा, व्यवस्थापनको बारेमा पटक पटक प्रश्न उठ्ने गरेको उनले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?