Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

विश्वको कुनैपनि देशमा कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानूनी व्यवस्था छैनः नेम्वाङ


काठमाडौँ। नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विश्वको कुनैपनि देशमा नभएको कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानूनी व्यवस्था नरहेको तर नेपालमा मात्रै रहेको बताएका छन् ।

बुधवार बसेको कानून न्याय तथा मानवअधिकार समितको बैठकमा उनले नेपालमा यस्तो व्यवस्था देखेर आफू आश्चर्यमा परेको समेत बताएका छन् । उनले कारागारमा कैदीबन्दीलाई नै नाईके, भाईनाईके चौकीदार राख्ने व्यवस्थाको बारेमा जानकारी पाएपछि आफूले अन्य देशका कानूनहरुको खोजी गरेको बताएका छन् । तर कुनैपनि ठाउँमा कानूनी व्यवस्था नै गरेर कारागारमा नाईके, भाईनाईके र चौकीदार राखिएको नपाईएको उनले जानकारी दिएका छन्। नेपालमा भने यसलाई कानूनी मान्यता नै दिएर राखिएको उनको भनाई छ । कारागार सम्बन्धी नियमावलीको दफा ५३ मा यसको व्यवस्था गरिएको उनले बताए । कानून बनाउने, नियमावली निर्माण गर्ने त्यहाँभित्र व्यवस्थापन गर्न सहजिकरण हुने सोचेर बनाएको हुनसक्ने भन्दै उनले तर यसले विकृति ल्याएको बताएका छन् । नाईके, भाईनाईके चौकीदारहरुले कारकारभित्र सबैलाई दमन गरेर राख्ने गरेको पाइएको उनको भनाई छ । अझ उनीहरुलाई थप सेवा सुविधा समेत उपलब्ध गराईने गरेको पाईएकोले आफु अलिअलि आश्चर्यमा परेको पनि बताएका छन् ।

उनले भने, ‘जुन तरिकाको नाईके, भाईनाईके चौकीदारको कुरा छ । मैले विश्वको धेरै ठाँउहरुको रिर्सच गरे । कुनैपनि ठाउँमा कानून नै लेखेको चाहीँ छैन । तर हाम्रो नियमावलीमा दफा ५३ मा यसको व्यवस्था गरिएको रहेछ । हुनत कानुन बनाउनेले, नियमावली निर्माण गर्नेले सोचेर नै गर्नुभयो होला । उहाँको आसय के थियो होला त भन्दाखेरी त्यहाँभित्र व्यवस्थापन गर्न सहजिकरण हुन्छ है भनेर बनाउनुभएको होला । तर यसले एउटा विकृति ल्याएको छ । यहाँ नाईके, भाईनाईके चौकीदाहरुले यस्तो तरिकाले त्यहाँ भित्र दमन गरेर राखेको कुराहरु पनि हामीले सुन्नमा आएको छ । त्यही कारणले गर्दाखेरी हामी सबैले जुन नियमावली बनाएका छौँ, त्यहाँबाट उनीहरुलाई हामीले निश्चित सेवा सुविद्या दिईरहेका रहेछौँ भन्ने कुरा जब मैले थाहा पाए, त्यसले गर्दाखेरी म अलिअलि यसमा आश्चर्य छु ।’

उनले कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने व्यवस्थालाई पुनःविचार गर्नुपर्नेमा जोड दिएका छन् । उनले कैलाली कारागारको घटना आकस्मिक रुपमा नभएको पनि बताए । त्यसअघि पनि त्यहाँको कारागारको सुरक्षा, व्यवस्थापनको बारेमा पटक पटक प्रश्न उठ्ने गरेको उनले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?