Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मोवाइल फुड ल्याव भ्यानबाट दक्षिणकाली नगरपालिका क्षेत्रमा रहेका खाद्य पदार्थको अनुगमन


काठमान्डौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोवाइल फुड ल्याव भ्यान संचालन गरी Rapid Response Team (RRT) मार्फत काठमाडौंको प्रवेश विन्दुमा खाद्य पदार्थ निरीक्षण अनुगमन गर्ने शिलशिलामा आज मिति २०८१/०७/२९ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको Rapid Response Team (RRT) टोली, दक्षिणकाली नगरपालिका, प्रहरी वृत फर्पिगं तथा पत्रकार सहितको संयुक्त्त अनुगमन टोलीले दक्षिणकाली नगरपालिका मन्दिर परिसर क्षेत्रमा रहेका खुवा उधोग, सडकपेटिहरुमा खुल्ला रुपले विक्रीहुने खुवा लगायत होटल रेष्टुरेण्टहरुको अनुगमन गरी दुध, खुवा तथा होटलहरुमा प्रयोग भएका तेलको नमुना सकंलन तथा परिक्षण गरेको छ। दक्षिणकाली मन्दिर परिसर क्षेत्रका खाद्य ब्यवसायमा दुध तथा खुवाको समस्या छ भन्ने गुनासोको आधारमा निरीक्षण अनुगमन कार्य गरिएको छ। उक्त क्षेत्रको बिभिन्न स्थानका खाध ब्यवसायको निरीक्षण अनुगमन सम्वन्धी विवरण निम्न रहेको सबैमा जानकारीका लागि यो प्रेस नोट जारी गरिएको छ।

• जयकाली खुवा उधोग दक्षिणकाली नगरपालिका वडा नं. ६ मा गाई तथा भैसीको कच्चा दुध तथा खुवाको ६ वटा नमुना परिक्षण गरीएकोमा उक्त्त नमुनाहरुमा कुनै कैफियत नदेखिएको।

• श्रीकृष्ण खुवा उधोग दक्षिणकाली नगरपालिका वडा नं. ९ बाट उत्पादित खुवा र घ्यूको २ वटा नमूना परिक्षण गरीएकोमा उक्त्त नमुनाहरुमा कुनै कैफियत नदेखिएको।

• दक्षिणकाली नगरपालिका वडा नं. ८ मन्दिर बाहिर सडकपेटिमा खुल्लारुपले विक्री हुदैगरेका खुवा ब्यवसायी क्रमशः सालिकराम भट्टराई, दिपा आचार्य, बबिता आचार्य, कृष्ण रेग्मी, बच्चुराम मोत्तान, होमण्ड वाईवा, सुमित्रा आचार्य र सुमित्रा भट्टराईले बिक्रिमा राखेका खुवाको नमूना सकंलन गरी अनुगमन स्थलमै मोबाईल भ्यान प्रयोगशालाबाट परिक्षण गर्दा २ वटा नमूनामा कैफियत पाईएकोले २ किलो खुवा जफत गरी नष्ट गरीएको।

• दक्षिणकाली नगरपालिका वाड नं. ८ मन्दिर बाहिर संञ्चालिन होटल तथा रेष्टुरेण्ट क्रमशः दक्षिणकाली ग्रिन पिस कटेज, हरी खाजा घर र मुकुन्द होटलको अनुगमन निरीक्षण गरी सरसफाईमा बिशेष ध्यान दिन निर्देशन सहित टी.पी.एम भ्यालु बढी भई कैफियत पाईएका तेलहरु करिब ५ ली. जफत गरी नष्ट गरिएको।

• बिनोद खुवा तथा किराना पसल, दक्षिणकाली नगरपालिका वाड नं. ७ स्थित निजको पसलबाट करिब २ ली. प्रयोग भएको तेलमा टी.पी.एम भ्यालु भई कैफीयत पाईएका तेल तथा उपभोग्य मिति समाप्त भएका सिन्के चाउचाउ- ५०० ग्राम को ५ थान, वनस्पति घिउ- ५०० ग्राम को ३ थान, एप्पल जुस- २५० मि.ली को १ थान र सोडा- २५० मि.ली. को १ थान जफत गरी नष्ट गरीएको।


प्रकाशित मिति: ३० कार्तिक २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?