२७ ,मङ्सिर ,भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको छ । घरमा हुने जन्मदरलाई घटाउँदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उद्देक्ष्यले सो ठाउँमा प्रसूति सेवा केन्द्र स्थापना गरिएको हो । प्रसूति सेवा केन्द्रमा ग्रामीण भेगका गर्भवती तथा सुत्केरीलाई सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार
२६ ,मङ्सिर ,मलङ्गवा । सर्लाहीको पर्सा गाउँपालिका–१, शीतलपुरस्थित रहेको प्राथमिक विद्यालयका विद्यार्थीलाई आज विद्यालय पोसाक वितरण गरिएको छ । विद्यालय प्राङ्गणमा आज एक समारोहबीच गाउँपालिका अध्यक्ष धीरेन्द्र यादवले विद्यार्थीलाई स्कुल ड्रेसको कपडा वितरण गरेका थिए । पर्सा गाउँपालिकाको आर्थिक सहयोगमा दुई सय ७० जना छात्र छात्रालाई विद्यालय पोसाकको लागि कपडा
२६ ,मङ्सिर ,गण्डकी । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर आलेमगरले जलवायुु परिवर्तनको असर हिमाललाई परेको बताएका छन् । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा आयोजित आठौँ पर्वतीय महोत्सवको समापन समारोहमा उनले नेपालको परिचय नै हिमालसँग जोडिएको र जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परिरहेको बताए । जलवायु परिवर्तनमा
२६ ,मङ्सिर ,काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ तल्लो विजेश्वरीस्थित विष्णुमती करिडोरकी ३३ वर्षीया इन्दिरा श्रेष्ठलाई गाँजा जस्तो देखिने अवैध लागूऔषध एक सय ९० ग्रामसहित मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको किराना पसलमा लागूऔषध बिक्री वितरण गरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले
२६ ,मङ्सिर ,काठमाडौँ । मुद्दा मिलाई दिन्छु भन्दै रु ९९ लाख ७५ हजार ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जको प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–१ रानीवन बस्ने भोजपुर हतुवागढी गाउँपालिका–५ घर भएका २६ वर्षीय रीतु राई र बर्दिया पाताभार गाउँपालिका–१ घर भएका
२६ ,मङ्सिर ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय अनुचित लेनदेन ‘मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग’ ले आफ्नो प्रतिवेदन पेस गरेको छ । प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई तत्काल कार्यान्वयनका निम्ति उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे । प्रतिवेदन अध्ययन गरेर त्यसलाई यथाशीघ्र
२६ ,मङ्सिर ,म्याग्दी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाइले मङ्गलबार म्याग्दीको एक विद्यालयलाई करिब दश रोपनी जग्गा दान गरेका छन् । शेरचनका दश जना दाजुभाइले आफ्नो जन्मथलो म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माविलाई नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा दान गरेका हुन्
२६ ,मङ्सिर ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड दिएकि छिन् । यहाँस्थित भारतीय दूतावास, नेपाल राष्ट्र बैंक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रविधिका क्षेत्रमा सहकार्यका लागि दुवै
२६ ,मङ्सिर ,मुगु । गमगाढ नदीमा ठेकेदारले पुल निर्माण नगर्दा स्थानीय र विद्यार्थीलाई विद्यालयमा आउजाउ गर्न समस्या भएको छ । वर्षाको समयमा खोला बढ्ने र बाढीले बगाउने डरले आकाशमा कालो बादल लाग्नासाथ विद्यार्थी बिदा मागेर घर फर्किन्छन् । मुगुको छायाँनाथ रारा नगरपालिका १, १०, ११ र १२ त्यसैगरी मुगूम कार्मारोङ
२६ ,मङ्सिर ,जाजरकोट । राष्ट्रिय वाणिज्य बैंकले नलगाड नगरपालिकाको दल्लीबाट आफ्नो सेवा सुरु गरेको छ । सहुलियत कर्जा कार्यक्रमदेखि अन्य कारोबार गर्ने उद्देश्यसहित नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा शाखा स्थापना भएको जाजरकोट शाखाका प्रमुख निमबहादुर शाहीले जानकारी दिए । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकासहितलाई सेवा प्रवाह गर्ने उद्देश्यका साथ दल्लीमा वाणिज्यको