Trending
>>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री कपमा त्रिभुवन आर्मीमाथि बागमतीको जित


काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले दोस्रो हात पारेको छ ।बुधबार मुलपानी मैदानमा भएको खेलमा बागमतीले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्‍यो। त्यस्तै, ४३ ओभरमा घटाइएको खेलमा आर्मीले दिएको ९८ रनको झिनो लक्ष्य पछ्याएको बागमतीले २२.१ ओभरमा लक्ष्य पूरा गरे पनि ७ विकेट गुमायो भने बागमतीका लागि अशोक पौडेलले २१ रन जोड्दा प्रतिश जिसी पनि २१ रनमै नटआउट रहे। बागमतीका अरु ब्याटर भने सस्तैमा आउट भए।

त्यस्तै, बलिङमा आर्मीका सोमपाल कामीले ३ विकेट लिए। उनले ७ ओभरमा १ मेडन राख्दा २६ रन दिए । साहब अलाम र जितेन्द्र मुखियाले २/२ विकेट लिए। त्यसअघि सूर्य तामाङले पाँच विकेट लिएपछि बागमतीले आर्मीलाई ९७ रनमै अलआउट गर्‍यो।

मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी २७.१ ओभरमा अलआउट भएको हो। आर्मीका लागि भीम सार्कीले १८ रन, कप्तान विनोद भण्डारीले २८ रन र विवेक यादवले ११ रन बनाउँदा अरु ८ ब्याटर दोहोरो अङ्कमा रन जोड्न नपाइ आउट भए।

आर्मीलाई सस्तैमा अलआउट गर्ने क्रममा बागमतीका सूर्य तामाङले ५ विकेट लिए। उनले ९ ओभरमा २ मेडन राख्दा २६ खर्चिए। तामाङले आर्मीका भीम सार्की, कुशल मल्ल, बसिर अहमद, सन्दीप रजाली र शाहब अलामलाई आउट गरेका थिए । जसमा उनले अलाम, मल्ल र अहमदलाई बोल्ड गरे भने तामाङले मंगलबार मधेस प्रदेशविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका थिए।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?