Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

अभिभावक र विद्यार्थीले छाने उत्कृष्ट शिक्षक


म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमूना आवासीय माविमा अभिभावक र विद्यार्थीले उत्कृष्ट शिक्षक छनौट गरेका छन् ।

त्यस्तै, भेला र विद्यालय व्यवस्थापन समितिको बैठकबाट छनौट भएका उत्कृष्ट चार शिक्षकलाई नगदसहित टीकामाया स्मृति दिवसका अवसरमा आज पुरस्कृत गरिएको हो । यस वर्ष मनिराम थनेत, उमादेवी कडेल, भीमप्रसाद पौडेल र कुलराज आचार्यलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरुप क्रमशः नगद रू २५ हजार, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कृत गरिएको थियो ।

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरकुमारी बुढाथोकी र टीकामाया स्मृति कोषका संरक्षक राम गुरुङले पुरस्कार वितरण गरेका हुन् ।

शिक्षकलाई सृर्जनशील बनाउन कोषले गत वर्षदेखि अभिभावक र विद्यार्थीबाट उत्कृष्ट शिक्षक छानेर पुरस्कृत गर्दै आएको विद्यालयका प्रअ शेरबहादुर केसीले बताए । “कोषले घरदैलो, अभिभावक र विद्यार्थीको भेलाबाट उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्न थालेपछि शिक्षक सृजनशील बन्नुभएको छ,” उनले भने, “कोषबाट तह र विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ ।”

त्यस्तै, उत्कृष्ट छनौट भएका शिक्षकले यस वर्ष विद्यालयमा बगैँचा स्थापना, भित्तेपत्रिका प्रकाशन, अतिरिक्त क्रियाकलाप र खेलकुदमा योगदान गरेको कोषका संस्थापक गुरुङले बताए । गत वर्षको परीक्षामा उत्कृष्ट जिपीएका आधारमा कक्षा १ देखि ५ तर्फबाट कक्षा २ का सायु घर्ती, ६ देखि ८ तर्फबाट कक्षा ८ का अन्जान घर्ती र कक्षा १० की सन्ध्या सुनारलाई जनही रू पाँच हजार नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको प्रअ केसीले जानकारी दिए ।

हेम मावि कक्षा ११ मा भर्ना हुने विद्यार्थीमध्ये उत्कृष्ट जिपीएका आधारमा छात्रातर्फ सुस्मिता थापा र छात्रतर्फ भेजिन्द्र सुनारलाई नगद रू १० हजार पाँच सयसहित प्रमाणपत्र प्रदान गरिएको छ भने हाल अमेरिकामा होटल व्यवसाय गर्नुहुने गुरुङले दिवङ्गत आमा टीकामायाको स्मृतिमा गत वर्ष रू दुई लाख ५० हजारको अक्षयकोष स्थापना गरेका थिए।

यस वर्ष रू पाँच लाख पुगेको अक्षयकोषको मूलधन बढाएर रू १० लाख पु¥याउने लक्ष्य रहेको गुरुङले बताउनुभयो । ब्याजबाट उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिने उनको जानकारी दिए । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल तीन सय छ जना विद्यार्थी छन् । घर टाढा र पारिवारिक समस्या भएका ३० विद्यार्थीलाई निःशुल्क छात्रावासको सुविधा दिइएको छ । उक्त विद्यालयमा १९ जना शिक्षक कार्यरत छन् ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?