Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सामाजिक सुरक्षा कोषमा आबद्ध भयो ऐरावती


काठमाडौं। प्युठानको ऐरावती गाउँपालिका पनि सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ ।

अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजना अन्तर्गत गाउँपालिका योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत कोषमा आबद्ध भएको हो ।

सामाजिक सुरक्षा कोषका तर्फबाट कोषका उप कार्यकारी निर्देशक विवेक पन्थी र गाउँपालिकाकाका तर्फबाट अध्यक्ष नबिलविक्रम शाहले संयुक्त रूपमा कोषको केन्द्रीय कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

त्यस्तै, कोषका उप कार्यकारी निर्देशक पन्थीले जनताको जीवनयापनमा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याको समुचित सम्बोधन गर्न योगदानमा आधारित सामाजिक सुरक्षा योजना अपरिहार्य भएको बताउँदै गाउँपालिकाको यस अभियानले सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन् ।

उक्त कोषमा आबद्ध हुनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरे लगत्तै गाउँपालिका अध्यक्ष शाहले आफ्नो गाउँपालिकामा रहेका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई चालू आर्थिक वर्षबाट नै कोषमा आबद्ध गर्ने प्रक्रिया सुरुवात गर्ने प्रतिबद्धता समेत जनाए । त्यसका लागि गाउँपालिकाले तत्कालै सूचना जारी गरेर श्रमिकबाट आवेदन माग गर्ने कार्यको थालनी गर्ने उनको भनाइ रहेको छ ।

 


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?