Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

शिक्षालाई प्रयोगात्मक बनाउन नीतिगत सुधार गरौँ: मन्त्री शर्मा


काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सैद्धान्तिक ज्ञानमा सीमित बन्न खोजेको नेपाली शैक्षिक क्षेत्रलाई प्रयोगात्मकतर्फ जोड दिँदै नीतिगत सुधार गर्नुपर्ने बताएकी छन् ।

उनले सूचना प्रविधिलाई सूचना समाजसँग जोड्नुको विकल्प नभएको औँल्याइन् । बुधबार त्रिभुवन विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको शिक्षा क्षेत्र बढी सैद्धान्तिक हुने र प्रयोगात्मक नहुने समस्या पहिल्यैबाट रहिआएकाले नीतिगत रुपमै समस्याको समाधान खोज्नुपर्नेमा उनले जोड दिएकी छन् ।

उनले स्वास्थ्य र सूचना प्रविधि क्षेत्रको शिक्षा बढी प्रयोगात्मक हुने गरेपनि मानविकी, व्यवस्थापन, सूचना प्रविधिलगायतका सङ्कायमा सैद्धान्तिक शिक्षालाई प्रयोगात्मकतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिदै शिक्षा नीतिकै कारण वर्षभरी पढेर पनि मार्केटमा प्रतिस्पर्धा गर्न नसक्ने तथा स्नाकोत्तर सकेर बेरोजगार बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने समेत बताएकी छन् ।

शर्माले भनिन्, ‘नेपालमा पढाइ हुने सबै संकाय वा विषयहरुबाट उत्पादन हुने विद्यार्थीहरुलाई बजारमा प्रतिस्पर्धा गर्नसक्ने र योग्य बनाउनका निम्ती सैद्धान्तिक साथै प्रयोगात्मक ज्ञान पनि आवश्यक छ भन्ने कुरालाई व्यवहारिक रुपमै त्रिविलगायतका विश्वविद्यालयले कार्यान्वयन गर्न सके भने कोहीपनि वेरोजगार बस्नुपर्दैन ।’

उनले युवा पुस्तालाई आकर्षण गर्नसक्ने सूचना प्रविधि ९आइटी०अध्ययन अध्यापन उद्याउँदो र प्रवल सम्भावना बोकेको विषयको रुपमा आएकाले सोही अनुसार जनशक्तिको विकास गरी गुणात्मक परिणाम हासिल गर्न सक्ने गरी काम गर्नुपर्नेमा जोड दिएकी छन् ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?