Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

शिक्षालाई प्रयोगात्मक बनाउन नीतिगत सुधार गरौँ: मन्त्री शर्मा


काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सैद्धान्तिक ज्ञानमा सीमित बन्न खोजेको नेपाली शैक्षिक क्षेत्रलाई प्रयोगात्मकतर्फ जोड दिँदै नीतिगत सुधार गर्नुपर्ने बताएकी छन् ।

उनले सूचना प्रविधिलाई सूचना समाजसँग जोड्नुको विकल्प नभएको औँल्याइन् । बुधबार त्रिभुवन विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको शिक्षा क्षेत्र बढी सैद्धान्तिक हुने र प्रयोगात्मक नहुने समस्या पहिल्यैबाट रहिआएकाले नीतिगत रुपमै समस्याको समाधान खोज्नुपर्नेमा उनले जोड दिएकी छन् ।

उनले स्वास्थ्य र सूचना प्रविधि क्षेत्रको शिक्षा बढी प्रयोगात्मक हुने गरेपनि मानविकी, व्यवस्थापन, सूचना प्रविधिलगायतका सङ्कायमा सैद्धान्तिक शिक्षालाई प्रयोगात्मकतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिदै शिक्षा नीतिकै कारण वर्षभरी पढेर पनि मार्केटमा प्रतिस्पर्धा गर्न नसक्ने तथा स्नाकोत्तर सकेर बेरोजगार बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने समेत बताएकी छन् ।

शर्माले भनिन्, ‘नेपालमा पढाइ हुने सबै संकाय वा विषयहरुबाट उत्पादन हुने विद्यार्थीहरुलाई बजारमा प्रतिस्पर्धा गर्नसक्ने र योग्य बनाउनका निम्ती सैद्धान्तिक साथै प्रयोगात्मक ज्ञान पनि आवश्यक छ भन्ने कुरालाई व्यवहारिक रुपमै त्रिविलगायतका विश्वविद्यालयले कार्यान्वयन गर्न सके भने कोहीपनि वेरोजगार बस्नुपर्दैन ।’

उनले युवा पुस्तालाई आकर्षण गर्नसक्ने सूचना प्रविधि ९आइटी०अध्ययन अध्यापन उद्याउँदो र प्रवल सम्भावना बोकेको विषयको रुपमा आएकाले सोही अनुसार जनशक्तिको विकास गरी गुणात्मक परिणाम हासिल गर्न सक्ने गरी काम गर्नुपर्नेमा जोड दिएकी छन् ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?