Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

चितवन राष्ट्रिय निकुञ्ज : छ महिनामा नौ गैँडा मरे


चितवन। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन् । तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशंका गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस वर्ष बुढो भएर र भिरबाट लडेर दुई, आपसमा जुधेर दुई र बाघ एवं गोहीको आक्रमणबाट दुईवटा गैँडा मरेका हुन् । गएको कात्तिक ३० मा निकुञ्जको चपरचुली पोष्टदेखि दक्षिणको खाडलमा पारेर तस्करले दुई गैँडा मरेका थिए ।

त्यस्तै तस्करहरुले छ र १८ वर्षका पोथी गैँडा खाल्डोमा पारेर मारेका थिए । ती तस्करलाई पक्राउ गरिसकिएको छ । यसअघि भदौमा निकुञ्जकै हरदा खोला क्षेत्रमा एउटा गैँडाको हाडखोर भेटिएको थियो । तिवारीले सो गैँडा तस्करले मारेको आशङ्का गरिएको बताए।

उक्त घटनास्थलमा खाग नभेटिएकाले तस्करले मारेको हुनसक्ने आशङ्का गरिए पनि यकिन नभएको बताए। सो घटनाको अनुसन्धान भइरहेको छ । निकुञ्ज र आसपासका क्षेत्रका बढी गैँडा प्राकृतिक कारणले मर्ने गरेका छन् । निकुञ्जले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७२÷७३ यता दुई सय ३५ वटा गैँडा मरेका छन् र तीमध्ये १२ वटा चोरीसिकारीले मारेको आशङ्का गरिएको छ ।

त्यस्तै, बुढो भएर, भिरबाट लडेर, दलदलमा फसेर, बाढीले बगाएर, आपसमा जुधेर, बाघ र गोहीले आक्रमण गरेर, विद्युतीय करेन्टमा परेर, रोग लागेर, खाडलमा परेर, विष सेवन गरेर गैँडा मर्ने गरेका छन् भने निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा छन् ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?